ग्लोबल आइएमइ बैंकको लाभांस पारित, पुँजी पाँच अर्ब नाघ्यो, रजिष्ट्रर कार्यालय काठमाडौं सारिने

बिजमाण्डू
२०७१ असोज २९ गते ००:०० | Oct 15, 2014
ग्लोबल आइएमइ बैंकको लाभांस पारित, पुँजी पाँच अर्ब नाघ्यो, रजिष्ट्रर कार्यालय काठमाडौं सारिने
काठमाडौं । ग्लोबल आइएमइ बैंकको बार्षिक साधारणसभाले २५ प्रतिशत लाभांस पारित गरेको छ । साधारणसभाले २१ प्रतिशत वोनस सेयर र चार प्रतिशत नगद लाभांस पारित गरेको छ ।

Tata
GBIME
Nepal Life


 

लाभांस पारित पछि बैंकको चुक्ता पुँजी पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ । पाँच अर्ब पुँजी हुने ग्लोबल आइएमइ बैंक निजी क्षेत्रको पहिलो बैंक हो । बैंकले गत बर्ष एक अर्ब रुपैयाँभन्दा वढी खुद नाफा आर्जन गरेको थियो ।
 
वीरगञ्जमा बसेको बार्षिक साधारणसभाले रजिष्ट्रर कार्यालय सार्ने प्रस्ताव पनि पारित गरेको छ । अब बैंकको रजिष्ट्रर कार्यालय काठमाडौं हुने छ । बैंकको हाल ८४ वटा शाखाहरु, ८३ एटिएम तथा २९ शाखा रहित बैंकिङ सेवा रहेका छन् ।