कोरियाली भाषा परीक्षामा ३६६३ जना उत्तिर्ण, मंसिरबाट स्वास्थ्य परीक्षण र स्किल टेस्ट, (सुचीसहित)

बिजमाण्डू
२०७१ असोज २९ गते ००:०० | Oct 15, 2014
कोरियाली भाषा परीक्षामा ३६६३ जना उत्तिर्ण, मंसिरबाट स्वास्थ्य परीक्षण र स्किल टेस्ट, (सुचीसहित)
काठमाडौं । कोरियाली भाषा परीक्षामा तीन हजार छ सय ६३ जना उत्तिर्ण भएका छन् । उत्तिर्ण भएका परिक्षार्थीहरुको मंसिरको पहिलो साताबाट स्वस्थ्य परीक्षण, स्किल टेस्ट र जागिरको फारम भर्ने कार्य सुरु हुने इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम वास्तोलाले जानकारी दिए ।
 
दसैंअघि लिइएएको परीक्षामा ५८ हजार सात सय ७० जनाले आवेदन भरेका थिए । आवेदन भरेका मध्ये तीन हजार चार सय ६३ जना पुरुष र दुई सय महिला मात्र उत्तिर्ण भएका हुन् । 
 
उत्तिर्णमध्ये दुई हजार सात सय ६८ जना उत्पादनमुलक क्षेत्र (म्यानुफ्याक्चरिङ) र बाँकी आठ सय ९५ जना कृषि क्षेत्रका लागि छनौट भएका छन् । उत्तिर्ण परीक्षार्थीले दुई सय ५० नम्बरको स्किल टेस्ट दिनु पर्ने छ । 
 
स्वास्थ्य परीक्षण तथा स्किल टेस्टमा उत्तिर्ण भएकाहरु सन् २०१५ को जनवरी वा फेब्रुअरीमा रोजगारीका लागि दक्षिण कोरिया जान पाउने छन् । उत्तिर्ण परीक्षार्थीहरुले अनिवार्य रुपमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) बनाउनु पर्ने हुन्छ । 

कोरियाली भाषा परीक्षामा उत्तिर्ण भएकाहरुको नामावली.pdf by Sudarshan Sapkota

Tata
GBIME
Nepal Life