बिजमाण्डू र ई–सेवाले प्रधानमन्त्री राहत कोषलाई दिए डेढ लाख, प्रधानमन्त्रीले भने सह्रानीय काम

बिजमाण्डू
२०७१ असोज २९ गते १२:१४ | Oct 15, 2014
बिजमाण्डू र ई–सेवाले प्रधानमन्त्री राहत कोषलाई दिए डेढ लाख, प्रधानमन्त्रीले भने सह्रानीय काम
काठमाडौं। बिजमाण्डू र ई सेवाले प्रधानमन्त्री दैवी उद्धार राहत कोषलाई एक लाख ५१ हजार एक सय ११ रुपैयाँ उपलब्ध गराएका छन्। यो रकमको चेक बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरिएको हो।

Tata
GBIME
Nepal Life

बिजमाण्डू सम्पादक सरोज काफ्ले र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलिले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरे। सम्पादक काफ्लेले बाढी पीडितलाई सहयोग पुगोस भन्ने उद्देश्यले बिजमाण्डू र पहिलोपोस्ट अनलाइनको सहयोगमा ई–सेवामार्फत आब्हान गरेर रकम संकलन गरेको जानकारी प्रधानमन्त्रीलाई दिए। यो रकमले बाढी पीडितको उद्धारलाई सहयोग पुग्ने विश्वास उनको छ।   

चेक बुझ्दै प्रधानमन्त्री कोइरालाले दुख परेको बेला सहयोग गरेको भन्दै धन्यवाद दिए। उनले यो कामलाई सह्रानीय भएको पनि बताए। 'बाढी पहिरोले धेरै मानिसले दुःख पाए। यो राज्यको दुःख हो', उनले भने, 'यस्तो दुखद अवस्थामा तपाईहरुले राज्य प्रतिको कर्तव्य पुरा गर्नुभएको छ। म तपाईहरु जस्ता नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु।'

ई–सेवा अनलाईन पेमेन्ट सिस्टम हो। अनलाईन मार्फत इच्छा अनुसारको रकम बाढीपीडितलाई सहयोग गर्न यो संस्थाले अपील गरेको थियो। छ सय ६५ सय जनाले यो कोषमा एक लाख १४ हजार सात सय ५७ रुपैसा जम्मा गरेका थिए। जम्मा भएको यो रकममा ई–सेवा, बिजमाण्डू, मेरो संसार र पहिलोपोस्टले रकम थपेर एक लाख ५१ हजार एक सय ११ रुपैयाँ उद्धार कोषलाई हस्तान्तरण गरेको हो।

ई–सेवामार्फत निताले २० हजार रुपैयाँ, मोहन केसीले १० हजार, ग्यानी भट्टराईले पाँच हजार एक रुपैयाँ र सानुकाजी खत्रीले पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। सहयोग गर्नेहरुको सूची यहाँ उपलब्ध छ ।