प्रभु मनि ट्रान्सफरका विजेता घोषणा, पठाउने र पाउने दुबैलाई उपहार योजनामा थप चार जना पुरस्कृत

बिजमाण्डू
२०७१ असोज २९ गते ००:०० | Oct 15, 2014
काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशैं तिहारका अवसरमा सञ्चालन गरेको पठाउने र पाउने दुबैलाई उपहार योजना अन्र्तगत थप चार जनाले पुरस्कार पाएका छन् । 
 
विजेता चार जनामध्ये चितवन निवासी लक्ष्मी भुषाल र काठमाडौं निवासी देवीबहादुर महतले एक लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन् । सल्यान निवासी कृष्ण ढकाल र कलैया निवासी लाल खौ पठानले लेमन मोवाइलको बी २०१ मोवाइल सेट प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life