कच्चा तेलको मूल्य ४७ महिनायताकै न्युन दरमा, प्रति ब्यारल ८४ डलर, उत्पादकहरु बीच प्रतिस्पर्धा

बिजमाण्डू
२०७१ असोज २९ गते ००:०० | Oct 15, 2014
कच्चा तेलको मूल्य ४७ महिनायताकै न्युन दरमा, प्रति ब्यारल ८४ डलर, उत्पादकहरु बीच प्रतिस्पर्धा
लण्डन। ब्रेन्ट क्रुड आयल (कच्चा तेल) को मूल्य बुधवार ४७ महिना कै न्युन भएको छ। यस दिन कच्चा तेल प्रति ब्यारल ८४ डलरमा कारोबार भयो। विश्व बजारमा तेलको माग घटिरहेको समयमा उच्च दरमा आपुर्ती बढेपछि मूल्य घटेको हो।
वेष्ट इनर्जी वाचडग (तेलको गुणस्तर हेर्ने संगठन) ले यस बर्ष र आगामी बर्षको तेलको मागको प्रक्षेपण घटाएपछि मंगलवार तेलको मूल्य तीन बर्ष (३६ महीना) कै न्युन भएको थियो। पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरुको संगठन (ओपेक) का मुख्य सदस्य राष्ट्रहरुले उत्पादन घटाउनुको सट्टा बजार हिस्साको लागि प्रतिस्पर्धा गरिरहेको समेत सञ्चर माध्यमहरुले उल्लेख गरेका छन। कमजोर युरोपियन स्टक बजारले पनि मूल्य घटाउन सहयोग पुगेको छ। कच्चा तेल स्टक (बस्तु) बजारमा पनि कारोबार हुने बस्तु हो।   
 
अहिले विश्व बजारको वातावरण नै वियरिश देखिएको छ। साउदी अरेबिया तेलको मूल्य घट्न दिन तयार रहेको छ भन्ने सबैमा परेको छ। तेलको मूल्यमा भएको तीव्र कटौतीपछि लगनीकर्ताहरु पनि बिक्री पोजिशनमा देखिएका छन, पेट्रोमेट्रिक्सका बजार विश्लेषक अलिभर ज्याकबले भने । नोभेम्बरमा भुक्तानी गर्ने गरि भएको कच्चा तेलको मूल्य १.६७ डलरले घटेर प्रति ब्यारल ८३.३७ डलरमा कारोबार भइरहेको छ । गत जुन महिनाको मध्यको उच्च बिन्दुबाट करिब २५ प्रतिशतले कच्चा तेलको मूल्य घटेको छ। अमेरिकाको सेल अयल उत्पादन नोभेम्बरमा दैनिक एक लाख छ हजार ब्यारलले वृद्धि हुने भएको अमेरिकाको इनर्जी इन्फरमेशन एडमिनिस्ट्रेशसनले उल्लेख गरेको छ। 
 
मंगलवार मात्रै इरानका तेल उत्पादकहरुले आफु तेलको मूल्य घटेपनि त्यसलाई व्याहोर्न सक्ने बताएका छन।  ओपेकका सदस्य राष्ट्र साउदी अरेबिया र कुवेतका तेल उत्पादकहरुले पनि यस्तै संकेत दिदै आएका छन। ओपेकमा सदस्य नरहेका अमेरिका र रसिया जस्ता देशहरुलाई तेल उत्पादन कटौती गराउने प्रयासमा ओपेकका सदस्य राष्ट्रहरु तेल को मूल्य कम भएपनि व्यहोर्न तयार देखिएका हुन । 
 
तेलको बजार मूल्यको कुन तहले अमेरिका र रसिया जस्ता देशलाई हानी पुग्छ भन्ने धेरै चर्चा अहिले बजारमा चलेको छ, तर प्रश्न त्यो मात्र नभएर बास्तिवक हानीको तह कति हो भन्ने हो, विश्लेषक ज्याकबले भने । युरोप र एसियाको गत साताको आर्थिक सुचक कम्जोर देखिएपछि पनि तेलको मागको वृद्धिदर घट्ने मानिएको छ । 
 
 
 
 

Tata
GBIME
Nepal Life