नेपालमा पहिलो पटक सुबिसुले डिजिटल टिभी सञ्चालनमा ल्याउँदै, एचडी, युएचडी च्यानलहरु हेर्न सकिने

बिजमाण्डू
२०७१ असोज २९ गते ००:०० | Oct 15, 2014
नेपालमा पहिलो पटक सुबिसुले डिजिटल टिभी सञ्चालनमा ल्याउँदै, एचडी, युएचडी च्यानलहरु हेर्न सकिने
कञ्चन अधिकारी/बिजमाण्डू 
काठमाडौं । सुबिसुले कात्तिक १५ गतेदेखि डिजिटल टिभी सञ्चालनमा ल्याउने भएको छ । नेपालमा पहिलो पटक सुबिसुले डिजिटल टिभी सञ्चालनमा ल्याउन लागेको हो । टिभी सञ्चालनमा आएपछि टेलिभिजनको अडियो र भिडियो स्पष्टसँग सुन्न र हेर्न सकिन्छ ।
 

Tata
GBIME
Nepal Life

डिजिटल टिभी घरमा राख्नेले घर बाहिर भएको समयको कार्यक्रम पनि रेकर्डिङ गरेर हेर्न सक्नेछन् । अहिले  एनालग (केबल) र डिटिएचको माध्यमबाट टिभी हेर्न सकिन्छ ।
 
सरकारले सन् २०१६ अप्रिलसम्म सबै टिभी ट्रान्समिसनलाई डिजिटलमा लैजानुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि सुबिसुले डिजिटल टिभी सुरु गर्न लागेको हो ।
 
डिजिटल टिभीमा ग्राहकले यति नै डिजिटल च्यानल हेर्न पाउने भन्ने यकिन नभइसकेको सुबिसुले जनाएको छ । असोज ३० गते बिहीबार  सुबिसुले यी च्यानलको सार्वजनिक गर्दै छ ।
 
सुबिसुकी रेजिना आचार्यका अनुसार एचडी, युएचडी लगायतका च्यानलहरु यसमा हेर्न सकिन्छ । कुनै पनि कार्यक्रम हेर्न नपाए ब्याकअप मागेर हेर्न सकिने सुविधासमेत यो टिभीमा हुने छ।
 
डिजिटल टिभी जोड्नेहरुले टेलिभिजन च्यानलहरु झ्यारझ्यार आउने समस्याबाट मुक्त हुनेछन् । सुबिसुले डिजिटल टिभीका लागि चाहिने आवश्यक सामान ल्याइसकेको छ । 
 
डिजिटल टिभी केबलकै माध्यमबाट सञ्चालनमा आउने छ । तर, यसका लागि एउटा बक्स भने जडान गर्नुपर्छ । डिजिटल टिभीको धेरै फाइदा रहेकाले उपभोक्ताबीच लोकप्रिय हुने सुबिसुको विश्वास छ ।
 
केबलबाट केबल अपरेटरले तोकेका केही सिमित च्यानल हेर्न पाइनेमा डिजिटल टिभीमा धेरै भन्दा धेरै च्यानल हेर्न सकिन्छ ।
 
डिजिटल टिभी प्रविधिका हिसाबले गुणस्तरीय हुने भएकोले केबल टिभी केही महँगो हुने कम्पनीले जनाएको छ । तर अहले सम्म कम्पनीले प्याकेज घोषणा गरिसकेको छैन ।
 
अन्तराष्ट्रिय दूरसञ्चार संगठन (आइटियु) ले सन् २०१७ सम्म संसारभर टिभी प्रसारणलाई डिजिटल प्रविधिमा लैजाने लक्ष्य लिएको छ ।