लक्ष्मीको २० प्रतिशत बोनस सेयर, २५ को सट्टा ३० प्रतिशत हकप्रद दिने, कात्तिक २५ मा साभारण सभा

बिजमाण्डू
२०७१ असोज ३० गते ००:०० | Oct 16, 2014
काठमाडौं। लक्ष्मी बैंकले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको असोज ३० गते बिहान बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  
यसअघि बैंकको १३ औं बार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाई समेत बढाएर ३० प्रतिशत पुर्याउने बैठकले निर्णय गरेको छ । यो निर्णय बैंकको बार्षिक साधारण सभा र राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्ने छ ।

Tata
GBIME
Nepal Life

बैंकले बोनस सेयर र हकप्रद सेयर दिएपछि चुक्तापूँजी रकम तीन अर्ब तीन करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापूँजी एक अर्ब ९४ करोड रुपयाँ रहेको छ । 

बैंकले कात्तिक २४ गते बार्षिक साधारण सभा गर्ने भएको छ। कात्तिक १० गतेदेखि बैंकले बुक क्लोज गर्ने भएको छ । बैंकले अधिकृत पूँजी पनि पाँच अर्ब रुपैया पुर्याउने प्रस्ताव सभामा लैजादै छ ।