लगातार दोस्रो बर्ष कतार एयरवेजलाई बेष्ट विजनेश क्लास एयरलाइन्स अर्वाड, अन्य बिभिन्न उपाधी पनि

बिजमाण्डू
२०७१ असोज ३० गते ००:०० | Oct 16, 2014

Tata
GBIME
Nepal Life
काठमाडौं। यसबर्षपनि कतार एयरवेजले बेष्ट विजनेश क्लास एयरलाइन्सको अर्वाड पाएको छ । कम्पनीले पठाएको प्रेश विज्ञप्ति अनुसार लण्डनमा आयोजना भएको विजनेश ट्राभलर अवार्ड २०१४ मा कतार एयरवेजले यस्तो उपाधि जितेको हो । अघिल्लो बर्ष पनि कम्पनीले यही उपाधी जित्न सफल भएको थियो। 
विजनेश ट्राभलर अवार्ड २०१४ मा कम्पनीले बेष्ट एयरलाइन, बेष्ट लङ हउल एयरलाइन, बेष्ट इकोनोमि क्लास, बेष्ट मिडल इष्र्टन एयरलाइन र बेष्ट क्याविन स्टाफको उपाधी समेत पाएको छ।  विजनेश ट्राभलर म्यागजिनका पाठकहरुको मतको आधारमा अर्वाड प्रदिान गरिदै आएको छ । 
 
लण्डन देखि दोहाको रुटमा हालै ए३८० मार्फत् दिन थालिएको हवाई सेवाले हवाई उडानमा नया आयाम थप्ने छ , अवार्ड ग्रहण गर्दै कतार एयरवेज ग्रुपका प्रमूख कार्यकारी अकबर अल बकरले भने।