बेस्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता, कोरियाबाट रेमिट्यान्स सेवा दिने

बिजमाण्डू
२०७१ असोज ३० गते ००:०० | Oct 16, 2014

काठमाडौं। बेस्ट रेमिट प्रालि तथा एभरेष्ट बैंकबीच कोरियाको लागि रेमिट्यान्स कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतामा बेस्ट रेमिटकातर्फबाट प्रबन्ध निर्देशक श्याम तामाङ्ग तथा एभरेष्ट बैंकका तर्फबाट नायब महाप्रबन्धक एके बंशलले हस्ताक्षर गरेका छन । सम्झौता कार्यक्रममा बेस्ट रेमिटका प्रमुख संचालन अधिकृत अनिल कुमार कर्ण तथा एभरेष्ट बैकका रेमिट्यान्स प्रमुख शुक्र गौतमको उपस्थिति रहेको थियो ।  
 
बेस्ट रेमिटले विदेशबाट पठाएको रकमलाई सुरक्षितढंगले स्वदेशमा आफन्तको हातमा पुर्याउँदै आएको दाबी गरेको छ । वैकिङ प्रणालीको प्रयोग गरेर विदेशमा रहेका नेपालीहरुलाई पैसा पठाउनका लागि उत्प्रेरणा प्रदान गर्दै आएको बेस्टले चाँडै मलेसियाबाट पनि कारोवार थाल्ने उल्लेख गरेको छ । 
 

Tata
GBIME
Nepal Life