सुबिसुले ल्यायो डिजिटल टिभी, कात्तिक १५ देखि सुरु हुने, नेपाली च्यानल, समाचार, मनोरञ्जन समावेश

बिजमाण्डू
२०७१ असोज ३० गते ००:०० | Oct 16, 2014
सुबिसुले ल्यायो डिजिटल टिभी, कात्तिक १५ देखि सुरु हुने, नेपाली च्यानल, समाचार, मनोरञ्जन समावेश

काठमाडौं । सुबिसु केबलनेट प्रालिले डिजिटल केबल टेलिभिजनको सेवा सुरुवात गरेको छ । बिहीबार राजधानीमा सुबिसुले डिजिटल केबल टेलिभिजन सेवा 'क्लियर टिभी' को औपचारीक सुरुवात गरेको हो ।

Tata
GBIME
Nepal Life

नेपाली दर्शकहरुको टेलिभिजन हेर्ने अनुभव अझ गुणस्तरीय बनाउन सुबिसुले नेपालमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा क्लियर टिभीको सुरुवात गरेको जनाएको छ ।

यसबाट नेपालका दर्शकहरुले हाइ डेफिनेसन च्यानलहरुको आनन्द लिइ फरक र स्तरीय टेलिभिजन सेवाको अनुभव प्राप्त गर्ने कम्पनीले जनाएको छ । क्लियर टिभीमा विभिन्न नेपाली च्यानलहरु, समाचार, मनोरञ्जन, चलचित्र, खेलकुद, बालबालिका, वृत्रचित्र र जीवनशैली, क्षेत्रीय च्यानलहरु समावेश गरिने सुबसुले बिहीबारी जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

क्लियर टिभीसेवा प्राप्त गर्न ग्राहकले सुबिसु क्लियर टिभी लाइनमा सेटअपबक्स जडान गरि उच्च गुणस्तरिय एचडी पिक्चर्स तथा अत्याधुनिक भिडियोहरुको मज्जा लिन सक्नेछन् । यस अत्याधुनिक सेवाबाट सुबिसु केबल टिभी ग्राहकहरुको संख्या बढ्ने कम्पनीले विश्वास लिएको छ।

'सुबिसुले नयाँ तथा अत्याधुनिक प्रविधिलाई प्राथमिकताका दिँदै आएको छ। हामीले स्टेट अफ आर्ट र कटिङ एज सर्भिस मार्फत एनालग केबल टिभी इन्टरनेट तथा इन्टरनेट सेवा ग्राहकवर्गहरुमा प्रदान गर्दै आएका छ ।  क्लियर टिभीले यसमा थप नौलो आयाम थपेको छ। नेपालको हालको बजारको मागलाई परिपूर्ति गर्न केन्द्रित भएको सुबिसुले जनाएको छ ।  

'नेपालमा बढ्दो डिजिटल प्रविधिको मागसँगै हामी हाम्रोसेवाहरु मार्फत ग्राहकलाई गुणस्तिरिय सेवाको अनुभव गराउन चाहन्छौं। भिडियो ब्रोडकाष्टिङ क्षेत्रमै यो सेवा अर्न्तराष्ट्रिय स्तरमै प्रमाणित अत्याधुनिक प्रविधि हो ' सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद भने ।

डिजिटल केबल टिभीमा एउटै स्क्रिनमा सम्पूर्ण सेवाहरुको विवरण पाइन्छ भने प्रत्येक च्यानलको सात दिने विस्तृत गाइड पनि हेर्न सकिन्छ ।
यसैगरी डिजिटल टिभी जोडेपछि मनपर्ने कार्यक्रम सुचिकृत गर्न सकिने, मनपर्ने कार्यक्रम छुटेको खण्डमा पछि हेर्न सकिने,  आफूले चाहेको चलचित्र, टिभि कार्यक्रमहरु, वृत्तचित्र आदि आफुलाई मन लागेको समय हेर्न सकिने र  आफूलाई मन परेको कार्यक्रमको स्मरण गराउन र रेकर्ड गर्न सकिने व्यवस्था छ ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाबाट सुरुवात गरिनेछ भनेचरणवद्धरुपमा योसेवा अन्य क्षेत्रमा पनि विस्तार गरिने सुबिसुले जनाएको छ । ग्राहकहरुले यो सेवा आउँदो कात्तिक १५ गतेदेखि उपभोग गर्न पाउनेछन्।