अरुण काबेलीको सेयर निष्कासन प्रस्ताव चौथो बार्षिक साधारण सभामा, सभा कात्तिक २२ गते हुने

बिजमाण्डू
२०७१ असोज ३१ गते ००:०० | Oct 17, 2014
काठमाडौं। अरुण काबेली पावर कम्पनीले पनि सर्वसाधारणमा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले काबेली बी १ जलविद्युत् आयोजना निर्माणको लागि सेयर निष्कासन प्रस्ताव चौथो बार्षिक साधारण सभामा लैजादै छ। कम्पनीको कात्तिक २२ गते बार्षिक साधारण सभा हुने भएको छ। 
 

Tata
GBIME
Nepal Life
कम्पनीले बार्षिक साधारण सभामा अधिकृत पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ५० करोड र जारी पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ४० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजादै छ। 
 
काबेली बी १ जलविद्युत्को पूर्ण क्षमता २५ मेगावाट रहेको छ। कम्पनीले बिसं २०६९ असार २९ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ। कम्पनीले तेस्रो बार्षिक प्रतिवेदन अनुसार १० प्रतिशत सेयर स्थानिय बासिन्दा र ३९ प्रतिसत सेयर सर्वसाधारणको लागि जारी गर्ने लक्ष्य गरेको थियो। 
 
अरुण काबेली पावर, अरुण हाइड्रोपावरको सहायक कम्पनी हो। कुल लगानी  उठाउन सक्ने अवधि (पे ब्याक पिरियण) १०.६० बर्ष हुने प्रक्षेपण कम्पनीको छ।