नेपाल वायु सेवालाई २० विमान परिचारक र १५ जना परिचारिका चाहियो, आइए पासले आवेदन दिन सकिने

बिजमाण्डू
२०७१ असोज ३१ गते ००:०० | Oct 17, 2014
काठमाडौं। नेपाल वायुसेवा निगमले २० जना विमान परिचारक र १५ जना विमान परिचारिकाको माग गरेको छ । उड्ययन सेवा अन्र्तगत पाँचौं तहको कर्मचारीको रुपमा उनीहरुको माग गरिएको हो । 
कात्तिक १४ गतेसम्म यी पदमा आवेदन दिन सकिने छ । यी पदको लागि न्युनत्तम शैक्षिक योग्यता प्लस टु वा प्रविणता तह उर्तीण गरेको हुनुपर्नेछ । छनौटको आधार व्यक्तित्व परिक्षण, लिखित परिक्षा , शारिरीक तथा स्वास्थ्य परिक्षण र अन्र्तवार्ता हुने छ । 
 
छनौटमा पर्नेलाई  टे«नी विमान परिचारक र परिचारिकाको पद दिइने छ । त्यस्तै, कम्पनीले दिने तालिममा सफल भएमा सुरुमा पाँच बर्षको करार गरिने उल्लेख छ ।  
 

Tata
GBIME
Nepal Life