नेपालमा नोट फोर सार्वजनिक, मूल्य ८५ हजार नौ सय, इएमआई सुविधा, एक्सचेञ्ज अफर पनि

बिजमाण्डू
२०७१ असोज ३१ गते ००:०० | Oct 17, 2014
नेपालमा नोट फोर सार्वजनिक, मूल्य ८५ हजार नौ सय, इएमआई सुविधा, एक्सचेञ्ज अफर पनि


काठमाडौं । नेपालका लागि सामसङ मोबाइलको आधिकारिक वितरक इन्टरनेशनल मोबिलिटी सोलुसन्स (आइएमएस)ले नोट फोर सार्वजनिक गरेको छ । कम्पनीका प्रेसिडेण्ट दिकेश मल्होत्रा, सामसङका निर्देशक युवेन वोन तथा मिस नेपाल सदिक्षा श्रेष्ठले नोट चार काठमाडौंमा सार्वजनिक गरे ।

Tata
GBIME
Nepal Life

मूल्य ८५ हजार
कम्पनीले बिहिवार साँझ सार्वजनिक गरेको नोट फोरको मूल्य नेपालमा ८५ हजार नौ सय रुपैयाँ तोकिएको छ । नोट फोर १५ महिनाको इएमआईमा उपलब्ध छ ।  नबिल बैंक, ग्लोबल आईएमई, एनएमबी बैंकबाट फाइनान्सिङ हुने कम्पनीले जानकारी दिएको छ ।
नोट फोरको खरिद सँगै ग्राहकले  छ जिबी एनसेलको डाटा सित्तैमा पाउनेछन् ।

एक्सचेञ्ज अफर
यसका साथै, सामसङका ब्राण्ड सपमा (उपत्यकाभित्रको दरबारमार्ग, पाको र खिचापोखरी । उपत्यकाबाहिर पोखरा, बुटवल र नारायणघाट ब्राण्डशप) ग्राहकले पुरानो स्मार्टफोनसँग नोट चार साट्न सक्ने सुविधा पनि कम्पनीले दिएको छ ।
नोट फोर फ्रष्ट व्हाइट, चारकोल ब्ल्याक, र ब्रोन्ज गोल्ड गरी तीन रंगमा उपलब्ध हुने बिहिवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

आकर्षक डिजाइन
नोट फोर आकर्षक मेटल फ्रेम र फ्ल्युड कर्भेचरका साथ उपलब्ध छ । यो मोवाइलमा माबलियो २.५ डि ग्लास छ ।

जिवन्त तस्वीरको अनुभव
नोट फोमा ५.७ इन्चको क्वाड एचडी सुपर एमोलेड डिस्पले छ । यो डिस्प्लेमा रहेका तस्वीरलाई हेर्दा र वेब चलाउँदा वा इ–बुक पढ्दा उत्कृष्ट अनुभव दिने कम्पनीले जानकारी दिएको छ ।

सजिलो मल्टि–टास्किङ
एउटै स्क्रीनमा धेरै एप्लिकेशनहरु सजिलै चलाउन मिल्ने गरी मल्टि टास्किङ सुविधा समेत नोट फोरमा छ ।

वाइड सेल्फीमोड
१६ मेगापिक्सेलको अघि तथा ३.७ पिक्सेलको पछिल्लो क्यामेराले अत्यन्त स्पष्ट र जीवन्त तस्वीर खिच्न मद्दत गर्ने कम्पनीले दावी गरेको छ । साथै, ब्याक क्यामेराको ९० डिग्रीको एंगलले धेरै साथीहरुसँग मिलेर कसैलाई नछुटाइकन सेल्फी लिन मिल्छ । क्यामेरालाई दायाँबाट बायाँ सार्दा १२० डिग्रीसम्म एंगल हुने र त्यसबाट प्यानारोमा सेल्फीलिन मिल्ने कम्पनीले जानकारी दिएको छ ।

आधुनिक रेकर्डिङ सुविधा
नोट फोरमा तीन वटा माइक्रोफोनको मद्दतले आठ विभिन्न दिशाबाट आवाज रेकर्ड गरी चाहेको दिशाको रेकर्डिङ छानेर बजाउन मिल्ने सुविधा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । साथै, इन्टरव्यु मोडमा कुनै एकबाट आएको आवाज अरु अनावश्यक आवाजलाई हटाएर पनि रेकर्ड गर्न सकिन्छ ।

अझ विकसित एस पेन
नयाँ नोट फोरमा अझ विकसित एस पेनको सुविधा दिइएको छ । साथै अझ सुधारिएको प्रसेर संवेदनशीलताले अझ राम्रो डिजिटल अक्षर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । एस पेनबाट कम्प्युटरको माउस जतिकै मेसेज, स्क्रीन वा कुनै एपबाट पनि सजिलै सेलेक्ट गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी फोटो खिचेर फोटो नोटको माध्यमबाट एनालगलाई डिजिटलमा परिवर्तन गर्न मिल्ने सुविधा पनि छ । टिपोट गरिएको कुरा त्यसछि एस पेन ले सजिलै सम्पादन गर्न मिल्ने पनि कम्पनीले जानकारी दिएको छ ।

न्यूनतम चार्जिङ समय
नोट फोरमा शुन्यदेखि ५० प्रतिशत चार्ज पुग्न  केवल ३० मिनेट लाग्छ । जबकी अन्य फोनमा साधारणतया ५५ मिनेट लाग्ने कम्पनीको दवावी छ । साथै नोट फोरले कम चार्ज भएमा अल्ट्रा पावर सेभिङ मोडबाट ब्याट्रि लाइफ लम्ब्याउने पनि कम्पनीले जानकारी दिएको छ ।

सुविधासम्पन्न एस गियर
कम्पनीले नोट फोरसँगै नयाँ एस गियर पनि सार्वजनिक गरेको छ । यो गियरबाट मोबाइलबिना नै फोन गर्न, रिसिभ गर्न र मेसेज पठाउन मिल्ने सुविधा छ ।


नायिका प्रियङ्का कार्की


नेपालका लागि कोरियाका राजदूत


नायिका प्रियङ्का कार्की