सन्राइज बैंकको सातौं बार्षिकोत्सव, टेबुल टेनिस प्रतियोगिता, सिइओ प्रधानबाट पुरस्कार वितरण

बिजमाण्डू
२०७१ असोज ३१ गते ००:०० | Oct 17, 2014

Tata
GBIME
Nepal Life

काठमाडौं । सन्राईज बैंक लिमिटेडको सातौं वार्षिकोत्सव कार्यक्रम अन्तर्गत कर्मचारीहरुबिच टेबल टेनिस प्रतियोगिता आयोजना गरेको छ  ।

उक्त प्रतियोगितामा पुरुष एकल, महिला एकल, युगल जोडिका खेल खेलाईएको थियो । प्रतियोगितामा ८ महिला र १८ पुरुष कर्मचारीहरुले सहभागिता जनाए ।

तीन दिने प्रतियोगिताको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले विजेताहरुलाई एक समारोह बिच पुरस्कार वितरण गरेका छन् ।