भिभा सिमेन्ट कम्पोजिट बोर्ड नेपालमा, सिमेन्ट बोर्डको विकल्प, इकोनोमिकल बिल्डिङ बनाउन उपयुक्त

बिजमाण्डू
२०७१ कात्तिक १ गते ००:०० | Oct 18, 2014
भिभा सिमेन्ट कम्पोजिट बोर्ड नेपालमा, सिमेन्ट बोर्डको विकल्प, इकोनोमिकल बिल्डिङ बनाउन उपयुक्त

काठमाडौं । अखिल ट्रेडिङ कन्सर्नले थाइल्याण्डमा बनेको भिभा सिमेन्ट कम्पोजिट बोर्ड नेपाल भित्र्याएको छ । अखिल ट्रेडिङले इनडोर तथा आउटडोर निर्माणका लागि प्रयोग गर्न सकिने आधुनिक कम्पोजिट बोर्ड नेपाल भित्र्याएको हो ।

Tata
GBIME
Nepal Life

कम्पनीले काठका चिप्स, पोर्टल्याण्ड सिमेन्ट तथा विभिन्न खानीजन्य उत्पादनबाट निर्मित कम्पोजिट बोर्ड नेपालमा ल्याएको अखिल ट्रिडङ कन्सर्न प्रालिका अध्यक्ष अखिल चापागाईंले बताए । नेपाल भित्रिएको कम्पोजिट बोर्ड वातावरण मैत्री भएको उनले जानकारी दिए ।


'वातावरण मैत्री यो बोर्डहरु निर्माण क्षेत्रका लागि नयाँ विकल्प हुन सक्छ,' उनले भने, 'यो बोर्डहरुले परम्परागत सिमेन्टका बोर्डको विकल्पमा काम गर्न सक्छ र उपयोगी पनि हुन सक्छ ।'

पर्खाल, भुईं तथा छत बनाउन सकिने यस्ता बोर्डहरु बहुउपयोगी, टिकाउ, जस्तो सुकै मौसममा उपयोगी तथा प्रयोग गर्न निकै सजिलो हुने उनको भनाइ छ । यी बोर्ड इकोनोमिकल बिल्डिङका लागि निकै उपयोगी हुने चापागाईंले बताए । प्राकृतिक रुपमै हुर्किकएका बिरुवाबाट बनेका यी बोर्डहरु सिमेन्टजस्तै बलियो र काठजस्तै प्रयोग गर्न सरल तथा उपयोगी हुने उनले दावी गरे ।

नेपालको निर्माण क्षेत्रमा यी बोर्ड वातावरण मैत्री विकल्प भएको चापागाईंले दावी गरे । 'हरेक निर्माणका क्षेत्र तथा आयोजनामा हरित प्रविधिको प्रयोग हुनुपर्छ,' चापागाईंले भने, 'हाम्रो वातावरण जोगाउन तथा स्वस्थ र बलियो निर्माणका लागि यो प्रविधि प्रयोग गर्न सकिन्छ ।'

अखिल ट्रेडिङले विभिन्न आकारका बोर्डहरु नेपाल भित्र्याएको छ । फरक आकारका यी बोर्डहरु बाहिरी तथा भित्री निमार्ण दुवैका लागि उपयोगी हुने कम्पनीको विश्वास छ ।

कम्पनीले अहिले पर्खालका लागि विभिन्न ८ किसिमका बोर्ड बजारमा ल्याएको छ । १० देखि २४ इन्चका यी बोर्ड फरक फरक भार बहन क्षमताका छन् । यस्तै तीन किसिमका भुईं तथा दुई किसिमका सिलिङ पनि बजारमा ल्याइएको चापागाईंले बताए ।


कम्पनीले आठ एमएम, १२ एमम, १६ एमएम, २० एमएम र २४ एमएम बाक्ला बोर्ड बजारमा ल्याएको छ ।