अर्थमन्त्रीले भने, पोखरामा क्षेत्रीय विमानस्थल छिट्टै बन्छ, वाह्य सहयोग नपाए आन्तरिक श्रोतबाट

बिजमाण्डू
२०७१ कात्तिक १ गते ००:०० | Oct 18, 2014
अर्थमन्त्रीले भने, पोखरामा क्षेत्रीय विमानस्थल छिट्टै बन्छ, वाह्य सहयोग नपाए आन्तरिक श्रोतबाट

काठमाडौं। अर्थमन्त्री डा रामशरण महतले पोखराको क्षेत्रीय विमानस्थल निर्माणको काम निकट भविष्यमै शुरु हुने बताएका छन्। पोखराको सबैभन्दा पुरानो रामबजारको स्वर्ण महोत्सवका अवसरमा आयोजित प्रदर्शनीको उद्घाटन कार्यक्रमका उनले क्षेत्रीय विमानस्थल निर्माणको काम चाँडै सुरु हुने बताएका हुन्।

Tata
GBIME
Nepal Life

सात बर्षअघिको बजेटमा पोखरामा क्षेत्रीय विमानस्थल निर्माण गर्ने कार्यक्रम राखेको स्मरण गर्दै उनले बाह्य सहयोग परिचालनका क्रममा केही ढिलाई भएको तर सरकारले आफ्नै स्रोत र साधन परिचालन गरेर पनि यो क्षेत्रीय बिमानस्थल बनाउने बताए। बिमानस्थल छिटो बनाउनकै लागि चालु आर्थिक बर्षको बजेटमा पनि करिब एक अर्ब रुपैयाँ छुट्याएको जानकारी उनले दिए।

पर्यटकीय नगरी पोखरामा क्षेत्रीय विमानस्थल अपरिहार्य रहेको पनि उनले बताए। 'क्षेत्रीय विमानस्थल बनेपछि यो शहर आर्थिक,  पर्यटकीय, शैक्षिक र स्वास्थ्य सेवाको आकर्षक केन्द्र बन्नेछ, उनले भने, संबिधान बनेपछि निर्माण हुने प्रान्तको एउटा आकर्षक राजधानी बन्नेछ।

अर्थमन्त्री डा महतले सडकहरुमा सौर्य उर्जाको प्रयोग बढाउन अर्थमन्त्रालयले अनुदान दिने गरी तयारी गरिरहेको जानकारी दिए।