बार्षिक शुल्क नबुझएपछि ५९ कम्पनीको कारोबार रोक्का, नियमित कारोबार हुने २६ वटा परे

बिजमाण्डू
२०७१ कात्तिक २ गते ००:०० | Oct 19, 2014
काठमाडौं। बार्षिक शुल्क नबुझाएपछि आइतवार ५९ कम्पनीका लगानीकर्ताले कारोबार गर्न पाएनन । नेपाल स्टक एक्सचेन्जमा सुचीकरण भएवापत बुझाउनुपर्ने बार्षिक शुल्क नबुझाएपछि  लगानीकर्ता मर्कामा परेका हुन । 
शुल्क नबुझाउनेको सुचीमा नेप्सेले बर्षाैदेखि कारोबार बन्द भएका, मर्जरमा गइसकेका, राष्ट्र बैंकबाट संकटग्रस्त घोषणा गरिएका कम्पनीहरुलाई समेत समावेश गरेको छ । तर यस्ता कम्पनी अलग्याउने हो भने जम्मा कम्पनीको संख्या २६ छ । 

Tata
GBIME
Nepal Life

 

२६ मध्ये विश्व बिकास बैंक र युनाइटेड फाइनान्सको नेप्सेले कारोबार खुला गरिसकेको छ । अन्य २४ कम्पनीमा सिटी डेभलपमेन्ट बैंक, सिभिक डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेन्ट, एभरेष्ट फाइनान्स, गण्डकी बिकास, ग्राण्ड बैंक, हिमालयन डिष्टिलरी छन ।

त्यस्तै, झिमरक बिकास, कञ्चन डेभलपमेन्ट, सेती फाइनान्स, रिडी हाइड्रो, नेपाल हाउजिङ एण्ड फाइनान्स, एनआइडीसी डेभलपमेन्ट, मातृभुमी बिकास, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी फाइनान्सको पनि कारोबार रोक्का गरिएको छ ।

पब्लिक डेभलपमेन्ट, प्यासिफिक डेभलपमेन्ट, पाटन फाइनान्स, पश्चिमाञ्चल फाइनान्स, साना किसान बिकास, मल्टिपर्पाेज, गौरी शंकर र कर्णाली बिकासका लगानीकर्ताले पनि कारोबार गर्न पएनन ।

 

नेप्सेको नियम अनुसार एक करोड रुपैयाँसम्म चुक्तापूँजी हुनेले १५ हजार, एक देखि पाँच करोडसम्म हुनेले २५ हजार, पाँच देखि १० करोड हुनेले ३५ हजार र १० करोडभन्दा माथी हुनेले ५० हजार बार्षिक शुल्क तिनुपर्ने हुन्छ ।

नेप्सेले असोज २३ गते नै सुचीकृत संस्थाहरुलाई बार्षिक शुल्क तिर्न सुचना जारी गरेको थियो । नियम अनुसार असार भित्र यस्तो शुल्क तिरी सक्नु पर्दछ ।