साताको पहिलो दिन नेप्सेमा साढे दुई अंकको सुधार, अन्त्यमा बढ्यो बजार, ‘अन्य’ बाहेक सबै सुचक बढे

बिजमाण्डू
२०७१ कात्तिक २ गते ००:०० | Oct 19, 2014
साताको पहिलो दिन नेप्सेमा साढे दुई अंकको सुधार, अन्त्यमा बढ्यो बजार, ‘अन्य’ बाहेक सबै सुचक बढे
काठमाडौं। साताको पहिलो दिन नेप्से परिसूचकमा २.२६ अंकले बढेको छ। कारोबारको मध्यदेखि नै बढ्ने प्रयासमा रहेपनि अन्तिम समयमा मात्र नेप्सेमा वृद्धि देखियो। ९२० बिन्दुसम्म ओर्लिएको नेप्से सुचक पुनः बढेर ९२५.८५ मा आइपुग्यो । 

Tata
GBIME
Nepal Life

अन्तिम समय नेपाल टेलिकमको सेयर मूल्य बढाएर बजार केही माथी उकालेपछि अन्य समूहको परिसूचकमा पनि सुधार देखिन थाल्यो । कारोबार अन्त्यमा भने नेपाल टेलिकमको सेयर मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यमा नै भयो । 

बैंकिङ समूहको परिसूचक ०.९९ अंकले मात्र बढ्यो । बीमा समूह करिब ४० अंकले बढ्यो भने जलविद्युत् र होटेल समूहको पाँच अंकले सुधार भयो । 
 
कम्पनीहरुको मूल्यमा खासै अन्तर देखिएको छैन । मातृभुमी बिकास बैंकको भने सेयर मूल्य नैं प्रतिशतले बढेको छ । एकता बिकास बैंकको पनि नौं प्रतिशतको दरले नै मूल्य घटेको छ । अधिकांशको मूल्य एक, दुई प्रतिशतले परिवर्तन भएको छ । 
 
लाभांश घोषणा पछि लक्ष्मी बैंकको सेयरमा पनि चाप पर्न थालेको छ । बैंकको दुई करोड २७ लाख रुपैयाँ नाफा भएको छ । कुमारी र सिद्धार्थ बैंकमा पनि लगानीकर्ताको चाप छ । यी कम्पनी क्रमशः एक करोड ९८ लाख र एक करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भयो । 

यस दिन एक सय २१ कम्पनीको २२ करोड रुपैयाँको कारोबार भएको छ । सेन्सेटिभ परिसूचक र फ्लोट परिसूचकमा पनि सुधार भएको छ ।  

 
पब्लिक डेभलपमेन्टले पहिलेको घोषणा सच्ययो 
पब्लिक डेभलपमेन्ट बैंकले यसअघि गरको लाभांश घोषणालाई सच्याएको उल्लेख गरेको छ । यसअघि १२ प्रतिशत बोनस सेयर र ०.६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बैंकले बोनस सेयर घटाएको छ । बैंकले अब १० प्रतिशत बोनस सेयर दिने र ०.५२ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । 
 
इन्नोभेटिभ डेभलपमेन्टको १९ प्रतिशत लाभांश
इन्नोभेटिभ डेभलपमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १७.८५ प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । गत वर्ष बैंकले १२.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।