एभरेष्ट बैंकले मनायो २०औं बार्षिकोत्सव, रक्तदान, कम्प्युरटर सहयोगका साथै कर्मचारीलाई अभिनन्दन

बिजमाण्डू
२०७१ कात्तिक २ गते ००:०० | Oct 19, 2014
एभरेष्ट बैंकले मनायो २०औं बार्षिकोत्सव, रक्तदान, कम्प्युरटर सहयोगका साथै कर्मचारीलाई अभिनन्दन
काठमाडौं । एभरेष्ट बैंकले २०औं बार्षिकोत्सवका आवसमा रक्तदान कार्यक्रम, कम्प्युटर सहयोगका साथै आफ्ना कर्मचारीहरुको अभिनन्दन कार्यक्रम गरेर मनाएको छ । 

Tata
GBIME
Nepal Life


 

वार्षिकोत्सवको दिन पारेर एभरेष्ट बैंकले आफनै प्रमुख कार्यालय प्राङगणमा गरेको रक्तदान कार्यक्रममा १०० जना भन्दा बढिले रक्तदान गरेका थिए । सोही कार्यक्रममा एभरेष्ट बैंकले जोरपाटीस्थित अपाङ्ग युवा संघ नामक गैर सरकारी संस्थालाई कम्प्युटरहरु पनि प्रदान गरेको थियो । 
 
यसका साथै एभरेष्ट बैंकले २० वर्षभन्दा बढी बैँकमा कार्यारत रहेका कर्मचारीहरुलाई अभिनन्दन गरेको थियो । कार्यक्रममा एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठका साथै अन्य सन्चालकहरु, कर्मचारीहरु, ब्राण्ड एम्बेसडर लगायत पनि उपस्थित थिए । 
 
बैँकले हालै आफनो सेवाको २० वर्ष पूरा गरेको थियो । बैँकले ५३ वटा स्थानीय शाखाहरु, पाँच एक्स्टेन्सन काउन्टरहरु, २३ राजस्व संकलन काउन्टरहरु, ७५ वटा एटिएम र विश्वव्यापी रुपमा रहेका सन्जाल हरुका माध्यमबाट ग्राहकहरुलाई व्यावसायीक तथा प्रभावकारी बैँकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।