आईएमईको दशैंमा परिवार भेट योजनाको विजेता बने अमेरिका थारु, परिवारलाई मलेसिया घुमाउने अवसर

बिजमाण्डू
२०७१ कात्तिक २ गते ००:०० | Oct 19, 2014
आईएमईको दशैंमा परिवार भेट योजनाको विजेता बने अमेरिका थारु, परिवारलाई मलेसिया घुमाउने अवसर
काठमाडौं । आईएमईले सञ्चालन गरेको विदेशमा परिवार भेट योजनाको बम्पर लक्कि ड्र अमेरिका थारुले जितेका छन् । यो योजना अन्र्तगत थारुले आफ्ना परिवारका चार सदस्यलाई मलेसियामा घुमाउने अवसर प्राप्त गरेका छन् । 
मलेसियाबाट आईएमईबाट रेमिट गरेका थारुलाई आइतवार गरिएको लक्कि ड्रबाट बम्पर उपहार प्राप्त भएको हो । उनले आफ्ना परिवारका चार सदस्यलाई पाँच दिन घुमाउने अवसर प्राप्त गर्ने जानकारी आईएमईले दिएको छ ।
बिदेशबाट नेपालमा आईएमई गर्नेले दैनिक लक्कि ड्रमा छनौट भएर स्र्माट फोन पाउने, साप्ताहिक रुपमा गरिने लक्कि ड्रमा विजेताले आइप्याड पाएका थिए । त्यसैगरी  नेपालमा भुक्तानी लिनेले दैनिक लक्कि ड्रमा छनौट भएपछि स्काइ लगेज ब्याग र साप्ताहिक लक्कि ड्रमा डिजिटल क्यामेरा पाएका थिए ।
कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले १४ वर्ष अघि सुरु गरेको आईएमईको महत्वाकांक्षी योजना अहिले पूरा हुँदै आएको बताए । विदेशमा रहेका नेपालीले पैसा पठाउन नपाउने कठिन परिस्थितिमा हामीले आईएमईको सुरुवात गरेका थियौं, अहिले आईएमई देशको नम्वर एक ब्राण्ड बनेको छ, उनले भने ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेलले आइएमईको दशैंमा परिवार भेट योजनामा विश्वभरबाट प्रतिक्रिया आएको बताए । उनले अझै पनि गैरकानूनी प्रक्रियाबाट रेमिट्यान्स आउन नरोकिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक पर्ने बताए ।

Tata
GBIME
Nepal Life