अहिले सुनमा लगानी गर्ने उपयुक्त समय, यस्ता छन् लगानी गर्नै पर्ने पाँच कारण

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
नयाँ दिल्ली। अघिल्ला केही बर्ष सुनका लगानीकर्ताहरुको लगि खासै उत्साहप्रद भएन । यो अवधिमा प्रतिऔंस सुनको मूल्य अन्तराष्ट्रिय बजारमा एक हजार नौं सय २१ डलरबाट घटेर हाल करिब एक हजार दुई सय ४० डलरसम्म ओर्लिएको छ । तर पर्खनुस्, अहिले नै सुन बिक्री गर्न नलाग्नुस ।

Tata
GBIME
Nepal Life

सुनको नयाँ भण्डारहरु (स्रोत) पत्ता नलागेकोले विश्व बजारमा सुनको आपुर्ती घट्ने देखिएको छ । अर्काेतर्फ सुनको लागि एशियालीमा रहेको भोक (माग) बढिरहेको छ । त्यसैले सुनको मूल्य बढ्न सक्छ । अहिले किन सुन खरिद गर्नु ठिक छ ? यहाँ विज्ञहरुले दिएक पाँच वटा कारणहरु  छन् :
 

सिमित भण्डारण 
आगामी बर्षहरुमा उत्पादकहरुलाई सुनको नयाँ खानी पत्ता लगाउन सजिलो देखिएको छैन । थम्सन्स रोयटर्सको गोल्ड फिल्ड मिनरल्स सर्भिसको तथ्यांक अनुसार, सन् २०१३ मा खानीबाट २९६८ टन सुनको उत्पादन भएको थियो र यो नै सुन उत्पादनको आधारमा सबैभन्दा धेरै उत्पादन भएको बर्ष हुने विश्वास गरिएको छ ।

नेचुरल रिसर्च होल्डिङका अनुसार हाल रहेको सुन भण्डारण र स्रोत हेर्दा उत्पादकहरुले जम्मा ३.७२ अर्ब औंस सुन प्राप्त गर्न सक्ने छन । यसमध्ये करिब १.८२ अर्ब औंस (५६६७४ टन) पुन प्रयोग गर्न सकिने हुन सक्दछ । त्यसैले यदि बार्षिक ११ देखि १२ सय टन सुन उत्खनन हुने हो भने ५० बर्षको अवधिमा यस्तो स्रोत रित्तिने छ ।

खानी सञ्चालकहरुले पहिचान भइसकेका स्थानमा नयाँ खानी सञ्चालन गर्ने हो भने पनि स्तरीय ओर (सुन हुने पत्थर) भेट्न कठिन हुनसक्छ । अविकसित खानीहरुमा हाल सुन उत्पादन भइरहेको खानीमा (१.१८ ग्राम/टन) भन्दा कम परिमाणमा अर्थात् (०.८९ ग्राम/टन) सुन  पाइने सम्भावना छ । 
 

पछिल्लो एक दशकमा, खानीबाट हुने सुनको उत्पादन बार्षिक दुई प्रतिशतले बढेको देखिन्छ । तर चार बर्षयता नयाँ खानीहरु पत्ता लाग्न सकेको छैन । सन् २०१० मा छ वटा र सन् २०११ मा एउटा मात्र खानी भेटिएको थियो । भेटिएका खानीमा पनि जति जति तल्लो भागमा उत्खनन हुन्थ्यो, त्यतिनै कम गुणस्तरको ओर पाइन्थ्यो । इन्टइरा आरएमजी कम्पनीको अनुसार सन् १९९० को दशकमा खानीहरुले उत्पादन गर्ने ओर पाँच ग्राम/टनको स्तरमा थियो भने हाल यो घटेर १.८ ग्राम/टन छ । 
 
कम उत्पदनको सम्भावना
सुनको मूल्य थप घट्ने हो भने, यसले उत्पादनको सम्भाव्यता पनि घट्ने छ । प्रतिऔंस सुनको औसत उत्पादन लागत ११सय डलर मानिन्छ । तर प्रभावकारी प्रविधि, कम श्रमको प्रयोग र सहज भौगोलिक अवस्थाले गर्दा कतिपयले करिब नाैं सय ५० डलर देखि एक हजार डलरको लागतमा प्रतिऔंस सुनको उत्पादन पनि गर्न सकेका छन ।

अहिले बजारमा प्रतिऔंस सुनको मूल्य करिब १२ सय डलर छ, तर कतिपय साना खानी सञ्चालकहरुले अहिलेलाई नयाँ खानी खोज्ने योजना थाँती राख्ने भएका छन् । यसले गर्दा भविष्यमा सुनको आपुर्ती घट्न सक्छ । धेरै विश्लेषकका अनुसार सन् २०११ मा सुन प्रतिऔंस १५सय डलर हुँदा खानी सञ्चालकहरुले हेजिङ माध्यमले फ्युचर करोबार गर्नुपर्दथ्यो । तर जतिले गरेका थिए तिनीहरुले पनि आफ्नो उत्पादनको करिब ३० देखि ४० प्रतिशत सुन बेचीसकेको छन ।  
 

बढ्दो माग 
अहिलेपनि उत्पादित सुनको करिब ५० प्रतिशत गरगहनाको लागि प्रयोग हुन्छ । एक दशक यता करिब दुई हजार टन सुन बार्षिक रुपमा गरगहना बनाउन प्रयोग भएको छ बिशेषगरि भारत र चीनमा, जहाँ सुन चाडपर्व वा विवाहको महत्वपूर्ण हिस्सा हो । सन् २०१३ मा उपभोगको लागि सुनको माग हालसम्म कै उच्च दुई हजार दुई सय नौं टन रहेको थियो, जसमा चीन र भारतले मात्रै १२ सय टन भन्दा बढि सुन गरगहनाको लागि प्रयोग गरेको थियो । हुनतः अहिले लगानीको रुपमा सुनको माग बढिरहेको छ ।

सुनको बिस्कुट र सिक्काको माग सन् २००४ मा तीन सय ५० टन रहेकोमा गत बर्ष १६ सय ५४ रहेको थियो ।  
चीनमा गोल्ड इन्भेष्टमेन्ट मार्केट खोल्ने क्रम निजीक्षेत्रबाट भइरहेकोले पनि त्यहाँ सुनको माग बढेको हो । चीनमा घरेलु बचत समेत सुनको उपभोगमा खर्चिन थालिएको छ । रोचक प्रसंग त के छ भने चीनको केन्द्रिय बैंकले समेत सुनको भण्डारण बिस्तारै बढाइरहेको छ । 
 
चीनको सञ्चीतिको धेरै हिस्सा अमेरिकाको ट्रेजरी सेक्युरिटिजमा राखिएको छ भने आफ्नो लगानीको सुरक्षाको लागि चीनले सुनमा लगानी बढाएको मानिएको छ । चीनसँग सन् २०१३ को अन्त्यमा रहको ३.८२ खर्ब डलरको वैदेशिक मुद्रा सञ्चितीमा करिब १.३ खर्ब अमेरिकाको ट्रेजरी सेकयुरिटिजमा छ । यदी चीनले आफ्नो सञ्चितिलाई विविधिकरण गर्यो भने सुनको मूल्य बढ्न समेत सहयोग पुग्ने छ ।

अन्य देशका केन्द्रिय बैंकहरुले पनि डलरमा रहेको वैदेशिक मुद्राको सञ्चिती घटाउदै छन्, उनीहरुले केही सञ्चिती युरो सेयर र सुन खरिदमा लगाइरहेका छन् । सन् २००९ सम्ममा जुन देशका केन्द्रिय बैंकहरु सुनको बिक्रीकर्ताको रुपमा देखिएका थिए, सन् २०१० मा तीनै मुख्य खरिदकर्ताको रुपमा रहेका थिए । 
 

कारोबारीले खरिद बढाउदै छन 
धेरैलाई थहा भएकै कुरा हो, सट्टेवाज लगानीकर्ताहरुले अल्पकालिन समयको लागि सुनको कारोबार गरेको कारणले सुनको मूल्य घट्न थाल्यो । तर अहिले तीनिहरुले खरिद बढाइरहेका छन् । गत सेप्टेम्बरमा  अमेरिकी मिन्ट सुनका मुद्राको बिक्री २५ हजार औंसबाट बढेर ५८ हजार औंस पुग्नुले पनि यस्तै देखाउँछ । 
 
अमेरिकी सस्था गोल्ड एक्सचेन्ज ट्रेडेड फण्डका अनुसार सुन अहिले त्यहाँबाट बाहिरिने क्रममा छ । त्यहाँबाट भौतिक सुन न्युनतम १० हजार औंस लगानीकर्ताले खरिद पाउँछन, यसले पनि बुझाउँछ कि, बजारमा ठुला माछा छन । ठुला लगानीकर्ताले सट्टेवाजी गर्ने उद्देश्यले ती ट्रस्टमा कारोबार गरिरहेका छन । 
 
एक्सचेन्जमा खुद सम्पत्ती मूल्यमा सुन पाइनु
भारतमा इटीएफ सुन (एक्सचेन्ज कारोबार हुने सुन), कम आपुर्तीको कारण गत डिसेम्बरमा खुद सम्पत्ती मूल्य (नेभ) को सात, आठ प्रतिशतमा नै कारोबार गर्न पाइएको छ। यसले सुनको मूल्य बबल हुनबाट रोकिएको थियो । त्यहाँको सरकारले अन्य एजेन्सीहरुलाई पनि सुनको खरिद गर्न सक्ने व्यवस्था गरेपछि भने आपुर्तीमा सुधार भएको थियो । अहिले पनि नेभ २५३० भारु छ तर सुन २५३९ भारुमै कारोबार भइरहेको छ । 
डलरको मूल्य बढेको कारणले भने सुनको मूल्यमा ऋणात्मक असर पर्न सक्ने सम्भावना छ । तर सुनको मूल्यमा अमेरिकी डलरको भाउ बढ्नुले सधै प्रभाव पर्छ भन्ने पनि हुदैन ।

त्यस्तै, बिगत ३० बर्षमा सुनको मूल्य र डलरको सुचकलाई तुलना गरेर हेर्ने हो भने सुन र डलरको मूल्य एकै दिशामा बढिरेहको देखिन्छ । सन् २००५ मा डलरको सुचक ८३.५ बाट बढेर ९१.१७ रहेको थियो भने सुन ४२३ डलरबाट बढेर ५१७ डलर पुगेको थियो । यस्तो प्रवृत्ति सन् १९८२ र १९८० मा पनि देखिएको थियो ।    

 

प्रस्तुतीः विजयराज खनाल, 
(बिजनेश लाइनमा प्रकाशित राजालक्ष्मी निर्मलको लेखमा आधारित)