नेप्से परिसूचक स्थिर,९२५ मै अड्यिो सुचक, बीमा र ‘अन्यमा’ सुधार, बजारमा मोलमोलाई तीव्र

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
नेप्से परिसूचक स्थिर,९२५ मै अड्यिो सुचक, बीमा र ‘अन्यमा’ सुधार, बजारमा मोलमोलाई तीव्र
काठमाडौं। नेप्से परिसूचकमा दिनभर मोलमोलाई तीव्र भएपछि बजारले ठोस गति लिन सकेन । कारोबारको धेरै समय नेप्से सुचक ९२५ कै बिन्दुमा तलमाथी गरिरह्यो भने ९२४ देखि ९२६ को व्यान्ड बनायो । बजार बन्द हुँदा भने ०.३५ अंकले घटेर ९२५.५० मा परिसूचक रह्यो । अघिल्लो साताको अन्तिम दुई दिन ९२३ मा अड्एिको सुचक यससाताको दुवै दिन ९२५ मा रह्यो । 
बजारमा मोलमोलाई तीव्र देखिएको छ । बढि मूल्यमा बेच्न चहानेभन्दा कम मूल्यमा किन्न चहानेले बजारलाई नेतृत्व दिएको छ । तरपनि कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव नदेखिएकोले अझै केही दिन बजारमा मोलमोलाईको क्रम रोकिने देखिदैन ।
 
सातामा बीमा र ‘अन्य’ समूहको परिसूचकमा मात्र सुधार देखिएको छ । यद्यपी यी दुवै समूहको सुचकमा झिनो अंकको सुधार देखिएको छ । बीमा समूह १.१४ अंक र ‘अन्य’ सुचक ४.७ अंकले बढ्यो। कारोबारमा आएका एक सय २१ कम्पनीमध्ये ६२ को सेयर मूल्य घट्यो भने ४७ कम्पनीको सेयर मूल्य बढेको छ ।  
 
बोनस सेयर समायोजन पछि ६२५ रुपैयाँ कायम भएको सिद्धार्थ बैंकको मूल्य थप पाँच रुपैयाँ घटेको छ । आइतवार भने बैंकको सेयर सात सय रुपैयाँमा किनबेच भएको थियो। 
 
कुमारी बैंकको सेयरमा लगानी बढिरहेको छ । मंगलवारसम्म बैंकको सेयरमा लगानी गर्नेले ३३ प्रतिशत बोनस सेयर पाउँने भएपछि पनि लगानी बढेको हो । बैंकको सेयर मूल्य भने चार रुपैयाँले घटेको छ । सोमवार बैंकको दुई करोड ५७ लाख रुपैयाँको कारोबार भयो । अघिल्ला तीन दिन देखि बैंकको डेढ करोड रुपैयाँ माथीको कारोबार भएको छ । 
 
सोल्टि हेटोलको पनि दुई करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । होटेलको सेयर छ सय रुपैयाँको दरमा कारोबार भयो । क बर्गका कम्पनीहरुको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने कम्पनीहरुको सेयर कारोबार मापक फ्लोट परिसूचक पनि बढ्न सकेन । यस दिन २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  
 
बार्षिक शुल्क नबुझाएको कारण कारोबार रोक्का भएका मध्ये कतिपयको सेयर किनबेच खुला भएको छ ।    
 
  
 

Tata
GBIME
Nepal Life