नेपाल टेलिकमले वाग्मति किनारामा उद्यान बनाउने, पाँच वर्षसम्म सञ्चालन र रेखदेख पनि गर्ने

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014

काठमाडौं। नेपाल टेलिकमले कोटेश्वरको वाग्मती पुलदेखि मनोहरा पुलसम्मको नदीको दुवैतर्फ किनारामा हरियाली तथा उद्यान निर्माण र सञ्चालन गर्ने भएको छ। उद्यान निर्माण सञ्चालनका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग टेलिकमले सोमबार सम्झौता गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आयोजित कार्यक्रममा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक मधुसूदन कर्माचार्य र समितिका सदस्य सचिव एवं आयोजना प्रमुख राजेश प्रसाद सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

निमित्त प्रबन्ध निर्देशक कर्माचार्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने कम्पनीको नीति अनुसार वाग्मती नदीको स्वच्छता र सुन्दरता बृद्धिमा केही योगदान पुर्‍याउने उद्देश्यले यो सम्झौता गरिएको बताए। समितिका सदस्य सचिव सिंहले कम्पनीको सहयोगको लागि धन्यबाद दिए।

कम्पनीले कोटेश्वर वाग्मती पुलदेखि मनोहरा पुलसम्म नौं सय २० मिटर लम्वाइ र औषत नौं मिटर चौडाइको वाग्मती नदीको दुवैतर्फको करिव १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानमा हरियालीयुक्त उद्यान निर्माण गर्ने छ। यो उद्यान आगामी पाँच वर्षसम्म सञ्चालन र रेखदेख पनि गर्नेछ।