डिस होम स्वर्ण उत्सव योजनाका पाँचौ र छैठौं विजेतालाई १० तोला सुन वितरण, योजना कात्तिक ३० सम्म

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
डिस होम स्वर्ण उत्सव योजनाका पाँचौ र छैठौं विजेतालाई १० तोला सुन वितरण, योजना कात्तिक ३० सम्म


काठमाडौं । डिसहोमले सुरु गरेको ‘स्वर्ण उत्सव’ योजनाका पाँचौ र छैठौं बिजेतालाई उपहार प्रदान गरेको छ ।

Tata
GBIME
Nepal Life

डिसहोमसले पाँचौ विजेता झापाका वालकुमार गिगि र छैठौं विजेता रुपन्देही निवासी दिपेन्द्र खातीलाई १० तोला सुन वितरण गरेको छ । विजेतको नाम कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा घोषणा गरिएको थियो ।


 

दसैं र तिहाको उपलक्ष्यमा सुरुवात गरिएको स्वर्ण उत्सव योजना भदौ ९ देखि सुरु गरिएको थियो । यो योजना कात्तिक ३० गतेसम्म चल्ने छ । विजेतालाई पुरस्कार वापतको सुन कम्पनीका ब्रान्ड मार्केटिङ सहायक प्रबन्धक मनोज न्यौपानेले वितरण गरेका थिए । 
 
यस योजना अन्तर्गत ग्राहकहरुलाई दुईवटा पुरस्कारहरु दिइने छ । पहिलो पुरस्कारमा भदौ ९ देखि कात्तिक मसान्तसम्मको कनेक्सन लिने ग्राहकहरुलाई चाँदीको सिक्का प्रदान गरिनेछ । यसका साथै हरेक हप्ता हुने लक्की ड्रबाट एक भाग्यशाली विजेतालाई १० तोला सुन पुरस्कार स्वरुप प्रदान गरिने छ । 
 
डिसहोम नेपालको एक मात्र डिजिटल सिग्नल प्रदायक कम्पनी हो । देशभरि गरेर डिसहोमका ८७ वटा डिलर र २००० सव डिलरहरु रहेका छन् ।