कतार एयरवेजको ‘सेल एन्ड विन’ योजनाको विजेता छनौट, ६ जना ट्राभल एजेन्सी भए पुरस्कृत

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
कतार एयरवेजको ‘सेल एन्ड विन’ योजनाको विजेता छनौट, ६ जना ट्राभल एजेन्सी भए पुरस्कृत
काठमाडौं । कतार एयरवेजले गत असार १६ (जुलाई १) देखि असोज १४ (सेप्टेम्बर ३०) गतेसम्म सञ्चालन गरेको 'सेल एन्ड विन' योजनाको विजेता छनौट गरेको छ ।

Tata
GBIME
Nepal Life

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कतारले तोकिएको समयमा सबै भन्दा बढी टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र एजेन्टहरुमध्येबाट विजेताको नाम घोषणा गरेको हो । लक्की ड्र मार्फत विजेता छानिएको हो ।

कतारले कम्तीमा दशवटा टिकट काट्ने ट्राभल र एजेन्टलाई विइङ ह्युमन गिफ्ट भौचर, कम्तीमा ३० वटा टिकट बेच्नेलाई सामसुङ ग्रान्ड नियो र कम्तीमा ५० वटा टिकट बेच्नेलाई मोटरसाइकलको लागि लक्की ड्रमा समावेश गरेको थियो । 

यसरी ५० वटा भन्दा बढी टिकट बेचेर लक्की ड्रमा परेका मेगा बाइट ट्राभल्सका नीलबहादुर ढकाल दर्इसय सिसीको पल्सर मोटरसाइकल जित्न सफल भए ।  

सामसुङ ग्रान्ड नियो मोबाइल मेगा ट्राभल्सकै अनिक लामा र एभरेष्ट मिराकल ट्राभल्सका सरिश्मा प्रजापतिले जित्न सफल भए ।

यसैगरी विइङ ह्युमनको गिफ्ट भौचर पाउनेमा सुमेग ट्राभल्सका सन्जीव पन्त, रिजेन्सी ट्राभलका टेकराज पौडेल र एभरेष्ट मिराकलकलका गोविन्द ओझा छन् ।

कतारले नेपालमा हप्ताको २१ उडान गर्दै आएको छ । फाइवस्टार यो एयरलाइन्सले कतारको हमिद अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका एक सय ५० भन्दा बढी देशमा उडान भर्दै आएको छ । कतारले हालै दोहा-लण्डन रुटमा हालै ए३८० जहाज मार्फत् सेवा दिन थालेको छ ।