न्यू जेनेरेशन स्करपियो नेपाल भित्रियो, तीन मोडलमा उपलब्ध, ३५ लाखदेखि ५१ लाख रुपैयाँसम्म पर्ने

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
न्यू जेनेरेशन स्करपियो नेपाल भित्रियो, तीन मोडलमा उपलब्ध, ३५ लाखदेखि ५१ लाख रुपैयाँसम्म पर्ने
काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको विक्रेता अग्नी इन्कर्पोरेटेडले न्यू जेनेरेशन स्करपियो गाडी नेपाल भित्र्याएको छ । कम्पनीले सोमबार नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले ३५ लाख ७५ हजारदेखि ५१ लाख ७५ हजार रुपैयाँसम्म पर्ने नयाँ गाडी नेपालमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

कम्पनीले नयाँ स्करपियो गाडी आधुनिक डिजाइन, आकर्षक र आरामदायी भएको बताएको छ । गाडीको भित्री र बाहिरी डिजाइन पनि निकै आकर्षक रहेको कम्पनीको दावी छ । यो गाडी नयाँ प्रविधिबाट बनेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका नायब महाप्रबन्धक सागर भड्कम्कारले नयाँ स्करपियोले नेपाली उपभोक्तालाई महत्वपूर्ण उपलब्धि दिने बताए । उनले यसमा प्रयोग भएका प्रविधिले उपभोक्ताको यात्रा अझ आनन्ददायी बनाउने बताए ।

यस्तै अग्नी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नेपालमा न्यू जेनेरेशन स्करपियो गाडी भित्र्याउन पाउनु कम्पनीका लागि ठुलो उपलब्धी भएको बताए । उनले नयाँ गाडी सात, आठ र नौ सिटमा उपलब्ध हुने बताए । कम्पनीले यो गाडी पाँच रङमा उपलब्ध भएको जनाएको छ ।

अहिले यो गाडी डाएमन्ड ह्वाइट, फिएरी ब्ल्याक, मिस्ट सिल्भर, न्यू मोल्टेन रेड तथा रेगल ब्लू रङमा यो गाडी उपलब्ध हुने जनाएको छ । डिजेल इन्जिनयुक्त यी गाडी एस टू, एस फोर र एस टेन मोडलमा उपलब्ध छ । तीनवटै गाडी टु ह्वील र फोर ह्वील ड्राइभमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एस टू सबैभन्दा सस्तो गाडी हो । यसको मूल्य ३५ लाख ७५ हजार पर्छ । यो गाडी टू ह्वीलमा मात्रै उपलब्ध छ ।
नयाँ गाडीमा न्यू हाइ टेक सिक्स टच स्क्रिन इन्फरमेशन सिस्टम, माइक्रो हाइड्रो टेक्नोलोजी, स्मार्ट रेन एन्ड लाइनट सेन्सर्स, टाएर ट्रोनिक्सलगायतका आधुनिक प्रविधि प्रयोग गरिएको छ ।

यसैबीच अग्नीले काठमाडौंको नक्सालमा अत्याधुनिक शोरुम खोलेको छ । शोरुमको कम्पनीका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र निर्देशक अर्जुश शर्माले उदघाटन गरे । यो शोरुमबाट महिन्द्राका सबै किसिमका गाडी खरीद गर्न सकिने कम्पनीले जनाएको छ ।