कर प्रणाली सुधार गर्दै अर्थ मन्त्रालय, राजश्व छल्नेलाई कारवाही गर्न अर्थमन्त्रीको निर्देशन

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालको कर प्रणाली पनि अन्तर्राष्ट्रिय प्रणाली अनुसार हुनुपर्ने भन्दै यसलाई थप आधुनिकीकरण गर्न यसलाई नयाँ किसिमले अगाडि बढाउनुपर्ने बताएका छन् । कर प्रशासनमा नक्कली भ्याट बिलिङ, धेरै लिकेजहरु रहेको तथा ठूलो मात्रामा रहेको मिसम्याचको समस्या रहेको भन्दै मन्त्री महतले त्यसलाई समाधान गर्न आग्रह पनि गरे ।

Tata
GBIME
Nepal Life


 

आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीको उदघाटन गर्दै अर्थमन्त्री महतले जानाजान गरेको गल्तीलाई क्षमा दिन नहुने भन्दै गलत विवरण पेश गरेर राजस्व छल्नेलाई कारबाही गर्न निर्देशन दिए । २० लाखभन्दा कमको कारोबार गर्नेको नै धेरै मिसम्याचको समस्या आएको भन्दै महतले कर प्रणाली सुधार गर्ने पक्षमा अर्थमन्त्रालय रहेको बताए ।
 
कार्यक्रममा अर्थसचिव सुमन शर्माले एक खर्ब ६८ अर्ब राजश्व संकलनको लक्ष्य विभागले प्राप्ति गर्नुपर्ने तथा बजेटमा थुप्रै स्किमहरु घोषणा गरिएकाले त्यसलाई कार्यान्वयन गर्नेतर्फ लाग्न कर प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिए । करदातालाई कर तिर्न उत्प्रेरित, शिक्षित पार्ने सम्भावनाहरु खोजी गर्न पनि उनले आग्रह गरे ।
 
महानिर्देशक चुडामणि शर्माले कर राजस्वको कुल गार्हस्थ उत्पादनमा भएको योगदानको चर्चा गर्दै देशभर १२ लाख करदाता रहेको बताए ।