कात्तिक २१ गतेदेखि बृहत रत्न तथा आभुषण प्रदर्शनी, तीन दिनमा १० हजारले अवलोकन गर्ने अनुमान

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
काठमाडौं । नेपाल रत्न तथा आभुषण संघको आयोजनामा कात्तिक २१ गतेदेखि दोस्रो बृहत रत्न तथा आभुषण प्रदर्शनी हुने भएको छ । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलभित्र प्रदर्शनी हुने संघले जनाएको छ । तीन दिनसम्म चल्ने २०११ पछि यो वर्ष गर्न लागिएको हो ।

Tata
GBIME
Nepal Life


 

नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयता जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने मूल उद्देश्यका साथ यो प्रदर्शनी आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रदर्शनीका क्रममा दुईवटा महत्वपूर्ण कार्यक्रमहरु रहेका छन् ।

पहिलो फेशन सो कात्तिक १९ गते हुने संघले जनाएको छ । शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आकर्षक गरगहनाका साथ र्याम्पमा उतार्ने संघको भनाइ छ ।
 

यस्तै दोस्रो कार्यक्रम रत्न तथा आभुषण प्रदर्शनी हुनेछ । तीन दिनमा १० हजारले मेला अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

मेलामा गरगहनासँग सम्बन्धित ३५ वटा कम्पनीहरुको सहभागिता रहनेछ । यस प्रदर्शनीको मूल नारा टेकिङ नेप्लिज ज्वेलरी ग्लोबल्ली रहेको छ । प्रदर्शनीलाई नेपाल सरकार व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघले साथ दिएका छन् ।
 

नेपालमा गरगहनाको क्षेत्रमा २० अर्ब रुपैयाँ लगानी भएको र वार्षिक ३५ अर्बको कारोबार हुने संघले जनाएको छ ।