प्रभु बैंकमा अशोक शेरचनलाई कामु सिईओको जिम्मेवारी

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014
प्रभु बैंकमा अशोक शेरचनलाई कामु सिईओको जिम्मेवारी
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कुमार लम्साल विदा भएका छन् । नौ महिना अघि किष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा सुरु गरेका लम्सालले व्यवस्थापनसँग समझदारीमा राजिनामा गरेका हुन् । उनको राजिनामा सोमवार दिउँसो बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ । 

Tata
GBIME
Nepal Life
 
प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतको वैकल्पिक व्यवस्था नहुँदासम्म डेपुटी सिईओ अशोक शेरचनलाई सिईओको जिम्मा दिइएको छ ।
 
लम्साल किष्ट बैंकको सिईओ नियुक्त भएपछि चार वित्तीय संस्थावीच मर्ज भएको थियो । किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्सवीच मर्ज भएपछि किष्ट बैंकको नाम समेत परिवर्तन गरी प्रभु बैंक बनाइएको थियो ।
 
लम्साल सानिमा बैंक छाडेर किष्ट बैंकमा आएका थिए । लम्सालको नियुक्ति हुँदा व्यवस्थापनसँगको सहमतिमा बैंक छाड्न सक्ने प्रावधान राखिएको थियो, त्यही प्रावधानबमोजिम उहाँले ‘म्युचुअल अण्डरस्ट्याण्डिङ्ग’मा बैंक छाड्नु भएको हो, स्रोतले बतायो ।
 
मर्जपछि बैंकको वित्तीय अवस्था सुधार हुँदै गएको छ । चालु आर्थिक वर्ष भित्र बैंकको वासलात पनि सकारात्मक आउने सम्भावना छ । उता प्रभु बैंकको सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेको छ ।
 
बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएका शेरचन प्रभु फाइनान्सदेखि कै सिईओ हुन् । उनकै कार्यकालमा प्रभु फाइनान्समा थप दुई फाइनान्स गाभेर प्रभु विकास बैंक बनाइएको थियो ।


अशोक शेरचन

विकास बैंकमा स्तरोन्नती हुँदा पनि प्रभु शाखा सञ्जाल र वासलातको आकारमा सबैभन्दा ठूलो विकास बैंकका रुपमा थियो । फाइनान्सका रुपमा कम्पनीले आफ्ना सेयरधनीलाई नियमित लाभांस पनि खुवाउँदै आएको थियो ।
 

शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म १७ वर्षको बैंकिङ्ग अनुभव छ । शेरचन नौ महिना अघिदेखि प्रभु बैंकमा डेपुटी सिईओको रुपमा कार्यरत छन् । 
 
विशेष साधरणसभाबाट हकप्रद सेयर जारी गर्ने स्वीकृती लिएको प्रभु बैंकको हकप्रद जारी गरेपछि चुक्ता पुँजी साढे तीन अर्ब रुपैयाँ पुग्नेछ । बैंक शाखा सञ्जाल, कर्मचारी संख्याको आधारमा नेपालको ठूलो बैंकमध्ये अहिले एक हो ।