अनुमान गर्नुस, कर्मचारीले बोनसमा के पाउलान? गहना कम्पनिले दियो घर, गाडी र करोडौंका गहना उपहार

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014
अनुमान गर्नुस, कर्मचारीले बोनसमा के पाउलान? गहना कम्पनिले दियो घर, गाडी र करोडौंका गहना उपहार

काठमाडौं‌ । तपाईंले काम गर्ने कम्पनीमा वर्षमा कति पटक बोनस वा उपहार पाउनुहुन्छ ? एक पटक वा बढिमा दुई पटक, एक दुई महिनाको तलब ?  नेपालमा धेरै बोनस दिने भनेर नाम कमाएको नेपाल टेलिकम, यो कम्पनी अपवादमा पर्छ । तर, भारतको एक निजी कम्पनीले तिहारको अवसरमा आफ्ना कर्मचारीलाई चारसय वटा भन्दा धेरै कार, दुईसय भन्दा धेरै घर तथा गरगहना दिने भएको छ ।

Tata
GBIME
Nepal Life

सुरत डाएमन्ड इन्डस्ट्री अहिले पनि आर्थिक मन्दीपछि माथि उठ्नका लागि संघर्ष गर्दैछ । तर उसको स्थानीय फर्म हरि कृष्ण एक्सपोर्टले तिहारमा आफ्ना १२ सय कर्मचारीका लागि दिएको उपहार भने अहिले जताततै चर्चाको विषय बनेको छ । कम्पनीले झिलीमिली बत्तीको पर्व तिहारमा आफ्ना कर्मचारीका लागि चारसय ९१ फियाट पुन्टो कार, दुईसय घर तथा गरगहना उपहार दिएको छ ।


'पछिल्लो पाँच वर्षमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई हामीले सम्मान गरेका हौं,' कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक शिवजी दोलाकाइले भनेका छन्, 'हामीले उनीहरुलाई सम्मान मात्रै गरेका हौं ।'

कम्पनीले ५० करोड भारु भन्दा धेरैको पुरस्कार बाँडेको छ । पुरस्कृत हुने कर्मचारीहरु पछिल्लो पाँच वर्षमा कम्पनीमा उत्कृष्ट काम गर्ने मध्येका छन् । कम्पनीले यसलाई 'सामान्य तिहार बोनस' भनेको छ ।

यो कम्पनी सन् १९९१ मा खुलेको हो । यसले वर्षको ५० अर्ब भारुको कारोबार गर्दै आएको छ भने करीब ६ हजार कर्मचारीले काम गर्दै आएका छन् । कम्पनीले भारतका अतिरिक्त बेल्जियम, हङकङ तथा इंग्ल्याण्मा समेत आफ्नो ब्यापार विस्तार गरिसकेको छ ।

'६ हजार मध्ये १२ सय कर्मचारी मात्रै यो अवार्डका लागि छनौट भएका छन्,' दोलाकाइले भनेका छन्, 'यो उपहारका अतिरिक्त उनीहरुलाई तत्काल आवश्यक भएका वस्तु पनि दिइनेछ ।' घर नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा घर दिइने उनले बताए ।

यस्तै घर भएका र कार चढ्न सक्ने कर्मचारीलाई कार दिइने र घर तथा कार दुवै भएका कर्मचारीलाई गरगहना दिइने उनले बताएका छन् । एजेन्सीकाे सहयाेगमा