नेपाल बंगलादेश बैंकले २२ प्रतिशत लाभांस दिने, १० प्रतिशत वोनस सेयर, प्राइमको बुकक्लोज ११ गते

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014
काठमाडौं । नेपाल बंगलादेश बैंकले २२ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १० प्रतिशत वोनस सेयर र १२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
 
बैंक सञ्चालक समितिको २५५औं बैठकले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बार्षिक साधारणसभाले अनुमोदन गर्नु पर्छ । त्यसपछि मात्र सेयरधनीले यो लाभांस पाउने छन् । 
 
यता प्राइम कमर्सियल बैंकको बुक क्लोज कात्तिक ११ गने हुने भएको छ । बैंकले १९ गते विशेष साधारणसभा गर्दैछ । 
प्राइम बैंकको २२३औं सञ्चालक समितिको वैठकले कात्तिक १९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ । यसका लागि बैंकले बुकक्लोज गर्ने निर्णय गरेको हो । 
 
 
 

Tata
GBIME
Nepal Life