जलविद्युत् लगानी तथा बिकासको पाँच प्रतिशत नगद लाभांश पारित, छ आयोजनामा लगानी निर्णय

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014
काठमाडौं। जलविद्युत् लगानी तथा बिकास कम्पनीको पाँच प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको छ । कम्पनीकोआइतवार भएकोतेस्रो बार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो । कम्पनीले यसअघि पनि पाँच प्रतिशत नगद लाभांश दिएको थियो । 
 
कम्पनीले हालसम्म २३.५ मेगावाट देखि ८२ मेगावाटसम्मका छ वटा आयोजनामा लगानी गर्ने निर्णय गरिसकेको छ । विश्व बैंकबाट नेपाल सरकारलाई ३७.६ मेगावाट क्षमताकोकावेली ए मा लगानीको लागि प्राप्त हुने चार करोड अमेरिकी डलर रुपैयाँ पनि कम्पनी मार्फत् नै प्रदान हुने भएको छ । 
 
कम्पनीले अघिल्लो पटकको बार्षिक साधारण सभाबाट नै सर्वसाधारणमा सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको थियो । गत चैतमा यो प्रस्ताव पारित गरिएको भएपनि हालसम्म कम्पनी धितोपत्र बोर्डमा सेयर निष्कासनको अनुमती माग्न पुगेको छैन । तर कम्पनीले सेयर निष्कासनको बिक्री प्रबन्धक , सेयर प्रत्याभुती गर्न मर्चेन्ट बैंकरबाट आशय पत्र माग गरेको छ । कम्पनीले २६ असोज भित्रमा आवेदन बुझाउन सुचना जारी गरेको छ । 
 
साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीमा हाल नेपाल सरकारको पाँच अर्ब रुपैयाँ र कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोषको एक अर्ब रुपैयाँको दरमा लगानी छ । कम्पनीको अधिकृत पूँजी भने ५० अर्ब रुपैयाँ छ । 

Tata
GBIME
Nepal Life