क्लिन भिलेजका आठ शाखा थपिएपछि २२ शाखा, नौ हजार परिवारमा २१ करोड विनाधितो लगानी

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014

काठमाडौं । क्लिन भिलेज माइक्रोफाइनान्सले आफ्ना शाखा सञ्जाल २२ वटा पुर्र्र्याएको छ । हिमाली तथा पहाडी जिल्लामा आर्थिक तथा सामाजिक रुपमा पछि परेका परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको क्लिन भिलेजले कास्कीको नया“पुल, पर्वतको कटुवाचौपारी, नुवाकोटको जिलिङ, नार्जमण्डप, छहरे, सिन्धुपालचोकको मेलम्ची, दोलखाको सिंगटी, रामेछापको खिम्तीवजारमा ८ शाखा थप गरि २२ शाखा पु¥याएको हो ।  
क्लिन भिलेजका कास्कीको हेम्जा, भरतपोखरी र पुम्दीभुम्दी, म्याग्दीको गलेश्वर, मुस्ताङको जोमसोम, मनाङको चामे, लमजुङको उदीपुर, गोरखाको मनकामना, रसुवाको बेत्रावती र धुञ्चे, सिन्धुपालचोकको लामोसा“घु, दोलखाको मैनापोखरी, सोलुखुम्वुको सल्लेरी र ताप्लेजुङको फुङलिङमा गरी १४ शाखा सञ्चालनमा   थिए ।
विस्तार भएका आठ शाखासहित २२ शाखाबाट नौ हजार घरपरिवारलाई विना धितो २१ करोड लगानी गरीएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए ।
कार्यकारी अधिकृत लम्सालका अनुसार हिमाली तथा विकट पहाडी वस्तीका विपन्नवर्गमा दीगो तथा सुलभ संस्थागत कर्जा, बचत, विमा लगायतका सेवा उपलब्ध गराइएको छ ।
राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार दुर्गम क्षेत्रमा वित्तीय संस्थाको संख्या बढाउन पर्ने भए अनुसार हिमाली क्षेत्रका जिल्लालाई प्राथमिकता दिई १५ जिल्ला कार्यक्षेत्र बनाइएको क्लिन भिलेजका अध्यक्ष उत्तम भ्लोनले बताए ।
क्लिन इनर्जी डेभलपमेन्ट बैंककोे ५१ प्रतिशत शेयर सहित चार करोड चुक्तापु“जी भएको सहायक कम्पनीको रुपमा क्लिन भिलेज रहेको छ ।

Tata
GBIME
Nepal Life