टेलिकमसँग सामसङसेट बन्डलिङ सेवा हरिहरभवनबाट पाइने, प्याकेजमा सेट किन्दा १० प्रतिशत छुट

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014
टेलिकमसँग सामसङसेट बन्डलिङ सेवा हरिहरभवनबाट पाइने, प्याकेजमा सेट किन्दा १० प्रतिशत छुट
काठमाडौं । नेपाल टेलिकम र नेपालस्थित सामसङ मोवाइलको आधिकारिक विक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स  (आइएमएस) बीच नेपाल टेलिकमको सिमकार्डसँग सामसङका सेट बन्डलिङ सेवा संयुक्त रुपमा दिने योजना अब नेपाल टेलिकम हरिहर भवन काउन्टरबाट पनि उपलब्ध हुने भएको छ।
 
सो योजना केही समयअघि दुवै कम्पनीले संयुक्तरुपमा ल्याएका थिए। यस अघि उक्त सेवा आइएमएसका एक्सक्लुसिभ ब्राण्ड पसलहरुबाट मात्र दिईंदै आएको थियो।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा टेलिकम, मोबाइल सेवा निर्देशनालयका निर्देशक विष्णु प्रसाद कसजु, आईएमएसका अध्यक्ष दिपक मलहोत्रा र सामसुङ्ग इलेक्ट्रोनिक्सका निर्देशक श्री वाईबि बोङ्गले संयुक्त रुपमा सुरुवात गरे ।
 
उक्त योजनामा सामसुङ्गका सेट वन्डलिङ सेवाका ५ सेट मध्ये कुनै एकको खरिदबापत नेपाल टेलिकमको सिमकार्ड निःशुल्क तथा मोबाइल सेटको मूल्यमा १० प्रतिशत छुटका साथै मोबाइल सेट मूल्यको १५ प्रतिशत बराबरको टक टाइम अथवा डाटा सेवा सित्तैमा उपलब्ध हुनेछ।

यी सबै सेवाहरु अब नेपाल टेलिकम, हरिहर भवन काउन्टरबाट पनि उपलब्ध हुनेछ।

Tata
GBIME
Nepal Life

यस्तो छ सेटको मुल्य र छुट 

सामसुङ गुरु
पर्ने मूल्य रु : २२६०
छुट रु: २२६
अफर मूल्य रु: २०३४
नि:शुल्क टक भ्यालु: ३३८ रुपैयाँ बराबर

सामसुङ लकोटा
पर्ने मूल्य रु: ५७००
छुट रु: ५७०
अफर मूल्य रु: ५१३०
नि:शुल्क टक भ्यालु: ८२५ रुपैयाँ बराबर

सामसुङ ट्रेन्ड
पर्ने मूल्य रु: १३६५०
छुट मूल्य रु: १३६५
अफर मूल्य रु: १२२८५
निशुल्क डाटा: २०४० रुपैयाँ बराबर  

सामसुङ कोर
पर्ने मूल्य रु: २४२००
छुट मूल्य रु: २४२०
अफर मूल्य रु: २१७८०
निशुल्क डाटा: ३६०० रुपैयाँ बराबर

सामसुङ ग्यालेक्सी एस थ्री
पर्ने मूल्य रु: ३९५००
छुट मूल्य रु: ३९५०
अफर मूल्य रु: ३५५५०
निशुल्क डाटा: ५८८० रुपैयाँ बराबर