खारे खोला जलविद्युतमा १० बैंकले लगानी गर्ने, माछापुच्छ्रे बैंकको अगुवाईमा तीन अर्ब ऋण लगानी

बिजमाण्डू
२०७१ कात्तिक ४ गते ००:०० | Oct 21, 2014
खारे खोला जलविद्युतमा १० बैंकले लगानी गर्ने, माछापुच्छ्रे बैंकको अगुवाईमा तीन अर्ब ऋण लगानी


काठमाडौं । खारे खोला जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा १० बैंकले लगानी गर्ने भएका छन् । २४.१ मेगावाट क्षमताको यो आयोजनामा विभिन्न बैंकले दुई अर्ब ९४ करोड रुपैयाँ लगानी गर्नेछन् ।

Tata
GBIME
Nepal Life

कन्सोर्सियम पावर डेभलपर्स प्रालि (सिपिडी)ले प्रबद्र्धन गर्दै निर्माण हुन लागेको यो आयोजनाको प्रबद्र्धक र बैंकबीच मंगलबार सम्झौता भएको छ । सम्झौतामा सिपिडीका अध्यक्ष ई लालकृष्ण केसी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरे ।

माछापुच्छ्रे बैंकको नेतृत्व एवं नबिल वैंक र एभरेष्ट बैंकको सह–नेतृत्वमा ग्लोबल आइएमई, नेपाल एसबीआई, नेपाल क्रेडिट एण्ड कमर्स, कुमारी बैंक, बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक र नेपाल बङ्गलादेश बैंकले सह–वित्तीयकरणमा लगानी गर्नेछन् । आयोजनाको लगानी संरचना अनुसार कुल लागत तीन अर्ब ९२ करोड मध्ये ७५ प्रतिशत बैंकको र २५ प्रतिशत प्रवद्र्धकको लगानी रहने छ । आयोजनाको स्वलगानी सिपिडीले व्यवस्था गर्ने जनाइएको छ ।

खारे खोला जल विद्युत आयोजना, दोलखाको मार्वू तथा चंखु गाविसमा अवस्थित छ । अध्ययन अनुसार आयोजनाबाट वार्षिक १३ करोड ९२ लाख २२ हजार युनिट विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।