एलाईड मोवाइल हव सुरु, कार्वन पानासोनिक र सामसङका मोवाइल सेट पाइने, उद्घाटनमा छुट

बिजमाण्डू
२०७१ कात्तिक ५ गते ००:०० | Oct 22, 2014
एलाईड मोवाइल हव सुरु, कार्वन पानासोनिक र सामसङका मोवाइल सेट पाइने, उद्घाटनमा छुट
काठमाडौं । एलाईड ट्रेड लिङ्कले काठमाडौं कमलादीमा आफ्नो पहिलो मल्टि ब्राण्ड शोरूम एलाइड मोवाइल हव संचालनमा ल्याएको छ । मोवाइल हवको नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । 
ग्राहकमा गुणस्तरीय र नयाँ व्राण्डका मोवाइलको माग एकै छाना मुनी उपलब्ध गराउन शोरुम सञ्चालनमा ल्याइएको हो । हवमा कार्वन, पानासोनिक र सामसुङ्ग व्राण्डका मोवाइल उपलव्ध हुने एलाईड मोवाइल हवले जानकारी दिएको छ ।
एलाईड टे«ड लिङ्क इन्टरनेशनलले स्थापना गरेको हवबाट ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको तथा मोवाइलको रोजाईका साथै मोवाइल सम्वधि सम्पूर्ण जानकारी दिइने कम्पनीका प्रवन्ध निर्देशक मनिष राजभण्डारीले जानकारी दिए । 
उद्घाटनका अवसरमा कम्पनीले कात्तिक १७ गतेसम्म हवबाट विक्री हुने मोवाइल सेटमा विशेष छुट दिइने पनि राजभण्डारीले जानकारी दिए । कम्पनीले थप शाखाहरु खोली सेवा विस्त्तार गर्ने लक्ष्य समेत लिएको छ ।

Tata
GBIME
Nepal Life