फोर्ड फिगो नयाँ स्वरुपमा, फराकिलो आन्तरिक सजावट, आठ कलरमा उपलब्ध

बिजमाण्डू
२०७१ कात्तिक ५ गते ००:०० | Oct 22, 2014
फोर्ड फिगो नयाँ स्वरुपमा,  फराकिलो आन्तरिक सजावट, आठ कलरमा उपलब्ध
काठमाडौं । नयाँ रंगहरुसहित फोर्ड फिगो बाह्य स्वरुप तथा फराकिलो आन्तरिक सजावटमा विक्री सुरु भएको छ । नयाँ विभिन्न रंगमा उपलब्ध फिगोले चाढपर्वमा उपभोक्ताको मन जित्न सफल हुने विश्वास कम्पनीले लिएको छ । 
१४ इन्चको एलोए पाङ्ग्रा, फग ल्याम्प बिजेल, रियर बम्पर भ्यालन्सालगायतका नयाँ सुविधा थपिएको कम्पनीले जानकारी दिएको छ ।
नयाँ फिगो काइनेटिक व्लु, मार्स रेड, डाइमण्ड ह्वाइट, मुनडस्ट सिल्भर, चिलि मेटालिक, प्यान्टर व्ल्याक, स्मोकि ग्रे र पाप्रिका रेडमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले दुई वर्ष वा एक लाख किलोमिटरको वारेन्टि उपलब्ध गराएको छ ।
 

Tata
GBIME
Nepal Life