स्थानीय बजारमा सुनको मूल्य एक सयले घट्यो, डलर अवमूल्यनले घट्यो भाउ, चाँदी स्थिर

बिजमाण्डू
२०७१ कात्तिक ५ गते ००:०० | Oct 22, 2014
काठमाडौं। बुधवारसुनको मूल्य प्रतितोलामा एक सयले सस्तो भएको छ। मंगलवार ५२ हजार आठ सयमा कारोबार भइरहेको सुन बुधवार भने ५२ हजार सात सय रुपैयाँमा कारोबार भयो । 
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य लगभग स्थिर नै भएपनि डलर सस्तिो हुँदा स्थानिय बजारमा भाउ घटेको हो । अन्तराष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा करिब एक डलर डलरले सस्तिएर प्रतिऔंस सुनको मूल्य १२४८ डलर रहेको छ । डलरको बिक्रीदर भने अघिल्लो दिनको भन्दा ०.१५ रुपैयाँले सस्तिएर ९८.२५ पैसा भएको छ । नेपालले डलरको भुक्तानीमा सुन खरिद गर्छ । 
 
चाँदीको मूल्य भने बढ्न सकेको छैन । चाँदी तोलाको सात सय ४५ मा कारोबार भइरहेको छ । 
 

Tata
GBIME
Nepal Life