बुधवारबाट सिटी डेभलपमेन्टको हकप्रद सेयर निष्कासन, असोज २२ गतेसम्म सेयर स्वामित्व हुनेले पाउने

बिजमाण्डू
२०७१ कात्तिक ५ गते ००:०० | Oct 22, 2014
काठमाडौं। सिटी डभलपमेन्ट बैंकले आज (बुधवार)बाट हकप्रद सेयर निष्कासन गर्दैछ । बैंकले नौं लाख २४ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको बैंकको सेयर हकप्रद खरिद गर्दा लगानीकर्ताले एक सय रुपैयाँमा नै पाउँने छन । 
 
बैंकको हकप्रदमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, सिटी डभलपमेन्ट बैंकका सबै कार्यालय लगायतबाट आवेदन दिन सकिने छ । बैंकको सेयर निष्कासन मंसिर नौं गतेसम्म खुला रहने छ । 

सिटी डेभलपमेन्ट बैंकको हकप्रदले ग्रेड थ्री रेटिङ पाएको छ । इक्रा नेपालले बैंकको हकप्रदको रेटिङ गरेको हो । यस्तो रेटिङले बैंकको हकप्रदको आधारभुत पक्ष औसत रहेको संकेत गर्छ । बैंकको व्यावसायको वृद्धि सन्लुलित रुपमा अगाडी बढेको, गत चैतसम्ममा बैंकको कुल खराब कर्जा १.६८ प्रतिशत मात्र रहनु, न्यन लागतको निक्षेप ६० प्रतिशत सम्म रहनु, ठुला निक्षेपकर्ता कम हुनु (प्रमूख २० ठुलाको कुल निक्षेपमा ९.५ प्रतिशत हिस्सा हुनु) सबल पक्षको रुपमा रहेको उल्लेख गरेको छ ।

Tata
GBIME
Nepal Life

बैंकको अघिल्लो आव र गत आवको नौं महिनासम्मको खुद नाफाको तुलनामा औसत खुद सम्पत्ती र खुद नाफाको तुलनामा नेटवर्थ समान रहनुलाई पनि राम्रै मानिएको छ । बैंकको खुद नाफाको तुलनामा औसत खुद सम्पत्ती २.२६ र खुद नाफाको तुलनामा नेटवर्थ २०.५ प्रतिशत छ । 
 

तर आयमा विविधिकरण नहुनु, क्षेत्रिय स्तरमै सिमित हुनु, स्वतन्त्र सञ्चालकहरु नहुनु, संस्थापक आधार दरिलो नहुनु नकारातमक पक्षको रुपमा लिइएको छ । बैंकको कम्पाउण्ड औसत वृद्धि दर चार बर्ष देखि २५ प्रतिशतको दरमा वृदि हुनु  पनि सकारात्मक भएको उल्लेख गरिएको छ ।