सगरमाथा मर्चेन्टकाले ३६ प्रतिशत बोनस प्रतिशत पाए, फेवाको ३०.५० लाभांश राष्ट बैंकबाट पारित

बिजमाण्डू
२०७१ कात्तिक ५ गते ००:०० | Oct 22, 2014
काठमाडौं। सगरमाथा मर्चेन्ट बैंकङिक एण्ड फाइनान्सका लगानीकर्ताले यस बर्षको लाभांश पाएका छन । सगरमाथाको नवौं बार्षिक साधारण सभाले ३६ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ। 
 
कम्पनीले गत असोज मसान्त (पहिलो त्रैमाश)सम्ममा एक करोड ३० लाख सञ्चालन मुनाफा कमाएको छ । यो अवधिमा गत आवको यही समयको तुलनामा निक्षेपमा १३.३९ प्रतिशत र कर्जा १९.९८ प्रतिशतले बढेको कम्पनीको प्रेश विज्ञप्तिमा उल्लेख छ । कम्पनी निक्षेप दुई अर्ब पाँच करोड र कर्जा एक अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । 
 
कम्पनीको सभाले संस्थापक सेयरधनीको तर्फबाट मदन कुमार राई लाई अध्यक्षमा ,शरणदेव राई, रुद्रबहादुर राईलाई चार बर्षको लागि सञ्चालकमा निर्वाचित गरेको छ। 
 
फेवा फाइनान्सको २० प्रतिशत बोनस र १०.५० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित भएको छ । कम्पनीको बार्षिक साधारण सभा हुन बाँकी छ । वोनस शेयर पारित पछि चुक्ता पूँजी रु. ३९ करोड ६३ लाख ९६ हजार हुने छ । कम्पनीले गत आवमा १४ करोड ६८ लाख सञ्चालन मुनाफा कमाएको थियो । 
 

Tata
GBIME
Nepal Life