प्रधानमन्त्री सोध्छन् – ‘संविधानसभाको एउटा भवन त बनाउन सक्दैनौँ, १४ प्रदेश कसरी धान्ने?’

बिजमाण्डू
२०७१ कात्तिक ८ गते ००:०० | Oct 25, 2014

भक्तपुर : संविधानसभाको एउटा भवन बनाउन नसकेर दिनको रु एक लाख भाडा तिर्नुपरेको बताउँदै प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीले मागेको १४ प्रदेशलाई देशले धान्नै नसक्ने तर्क गरेको पहिलोपोस्ट डट कमले जनाएको छ।

नेपाली काँग्रेस भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न कसैले रोक्न सक्दैन, जनताको चाहनाअनुसार नै संविधान जारी हुन्छ।

आन्दोलन, द्वन्द्व, धम्कीले लोकतान्त्रिक उपलब्धि गुम्नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले भने, “संविधान आउँछ आउँछ, तपार्इंहरू ढुक्क हुनुहोस्, कसैको आन्दोलनको धम्कीले अब संविधान रोकिँदैन ।”

प्रधानमन्त्री कोइरालाले भने, “डर, धम्की दिन छाडौँ, सहमतिका लागि बसौँ, सहमति गरौँ, सहमति नभए संविधानसभा छँदैछ त्यसैले निर्णय गर्छ।”

Tata
GBIME
Nepal Life