आजदेखि ट्रेड सेन्टरमा क्यान सफ्टेक, ५१ स्टल, ४९ हजारले अवलोकन गर्ने

बिजमाण्डू
२०६९ भदौ २८ गते ००:०० | Sep 13, 2012

काठमाडौं । सफ्टवेयरको विकास र प्रवद्र्धन गर्न आजदेखि राजधानीमा ‘क्यान सफ्टेक’ सुरु हुँदैछ । यो मेला त्रिपुरेश्वरस्थित युनाईटेड वल्ड ट्रेड सेन्टर डाइरेक्सन हलमा हुँदैछ । मेलाको सूचना तथा सञ्चारमन्त्री राजकिशोर सिंहले उद्घाटन गर्दैछन् ।
मेलामा सफ्टेकमा सूचना प्रविधिका ५१ स्टल रहने आयोजकले बताएका छन् । कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)ले आयोजना गरेको मेलामा ४९ हजारले अवलोकन गर्ने अपेक्षा छ । सन् २००७ देखि क्यानले सफ्टवेयरको विकासका लागि यो मेला आयोजना गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life