सुरक्षा दस्तासहित शाहरुखको फिल्म हेर्न प्रचण्ड हलमा

बिजमाण्डू
२०७१ कात्तिक ९ गते ००:०० | Oct 26, 2014
सुरक्षा दस्तासहित शाहरुखको फिल्म हेर्न प्रचण्ड हलमा


 

  • अंगद ढकाल/पहिलोपोस्ट-
  • काठमाडौँ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तिहार विदाको मौका छोप्दै बलिउड किङ शाहरुख खानको भर्खर रिलिज भएको फिल्म ह्यापी न्यु इयर हेर्न सुरक्षादस्तासहित शुक्रबार सिनेमा हल पुगे।  कमलपोखरीस्थित बिग सिनेमाको अडी १ मा उनले दिउँसो १ बजेको शो हेरेका थिए।  

    फिल्म सकिएपछि सुरक्षा दस्तासहित लिफ्टबाट तल झर्दै प्रचण्ड। उनीसँगै उनका छोरा प्रकाश दाहाल पनि देखिएका थिए। 

    आफ्नो नेतृत्वमा १२ वर्षे जनयुद्ध सुरु गर्नुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखिएका ४० बुँदे मागमा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाउनु पर्ने माग पनि थियो। तर प्रचण्ड फिल्मका शौखिन हुन्। उनले बारम्बार फिल्मको उदाहरण दिँदै हिरोको रोल अन्तिममा आउने भाषण गरेका छन्। 

    जनयुद्धकालमा समेत भेष बदली कसैलाई सुँइको नदिई फिल्म हेर्न पुग्ने गरेको अन्तर्वार्ता उनले सञ्चारमाध्यमलाई दिएका थिए। 

    फिल्म सकिएपछि सुरक्षा दस्तासहित लिफ्टबाट तल झर्दै प्रचण्ड। उनीसँगै उनका छोरा प्रकाश दाहाल पनि देखिएका थिए। 

    प्रचण्डसहितको सुरक्षा दस्ता बिग मूभिज रहेको सिटी सेन्टरको मुख्य द्वारबाट बाहिरिँदै। हरियो रंगको क्याप लगाएर उनी हल पुगेका थिए। पूर्व प्रधानमन्त्री भएको हुनाले उनी कतै जाँदा सुरक्षा दस्ताको घेरा हुने गर्छ। 

    ह्यापी न्यु इयर फराह खानद्वारा निर्देशित शाहरुख खान, अभिषेक बच्चन र दीपिका पाडुकोण अभिनित नाचगाना बढी भएको हिन्दी फिल्म हो। लक्ष्मीपूजाका दिनदेखि यसको वर्ल्डवाइड रिलिज भएको हो। 


    फिल्म हेरेर फर्कनुअघि बिग मूभिजको व्यवस्थापकसित हात मिलाउँदै प्रचण्ड।

    बिग मूभिज काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको तीन वटा साना हल रहेको मल्टिप्लेक्स हो। सुरुमा भारतीय व्यापारी अम्बानीको रिलायन्स ग्रुपको लगानी रहेको  यो हल अम्बानीले लगानी फिर्ता लगेपछि नेपालकै विशाल ग्रुपले 'बिग मूभिज'* नामबाट सञ्चालन गरिरहेको छ।   

    एक वर्षअघि यही हलमा शाहरुख खानकै चेन्नइ एक्सप्रेस हेरेर निस्कँदै गरेका दीपक मनाङ्गेलाई प्रहरीले पक्रेको थियो। 

    Tata
    GBIME
    Nepal Life