प्रभु मनी ट्रान्सफरबाट १२ जनाले पाए उपहार, पाँच जनालाई दुर्घटना बीमा, छ जनालाई मोवाइल

बिजमाण्डू
२०७१ कात्तिक १० गते ००:०० | Oct 27, 2014
काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशै‌ तिहारका अवसरमा सञ्चालन गरेको  पठाउने र पाउने दुबैलाई उपहार योजना अन्र्तगत थप १२ जनाले पुरस्कार पाएका छन् ।
काठमाडौं निवासी सोनी राउत, बिष्णुदेवी राइ, सिराहा निवासी नीमचन्द्र यादव, ललितपुर निवासी नीराष मोक्तान, सिराहा निवासी नीनु मिया, गरी पाँच जनाले एक लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन । 
त्यसै गरी बारा निवासी रहिमा खातुन, काठमाडाैं निवासी सृजना रोक्का, पोखरा महेन्द्रपथ निवासी देवी बि.क थापा, सिराहाकी जुगेश्वरी दास, सिराहाकी  सशवकुमारी देवी यादवले लेमन मोवाइलको बी २०१ मोवाइल सेट प्राप्त गरेको प्रभु मनी ट्रान्सफरले जानकारी दिएको छ । 
काठमाडौं निवासी बाबुराम भट्टराईले लेमन मोवाइलको स्मार्ट फोन पी १४ को विजेता बनेको पनि कम्पनीले जानकारी दिएको छ । त्यसै गरी प्रभुमार्फत साउदी अरबबाट नेपाल पैसा पठाउने जुद्धबहादुर चौधरी कान्तीले एकतर्फी हवाई टिकट प्राप्त गरेका छन् । 
प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैययाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने गरेका छन् । त्यसैगरी हरेकदिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गर्दै आएको छ ।
यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट पाउने गरेका छन् । यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने कम्पनीले जानकारी दिएको । डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज निशुल्क पाउनेछन् । 
 

Tata
GBIME
Nepal Life