सोल्टिमा बढ्यो आकर्षण, सिटिजन्सको नाफाले तानेन लगानीकर्ता, बजार साढे चार अंकले बढ्यो

बिजमाण्डू
२०७१ कात्तिक १० गते ००:०० | Oct 27, 2014
सोल्टिमा बढ्यो आकर्षण, सिटिजन्सको नाफाले तानेन लगानीकर्ता, बजार साढे चार अंकले बढ्यो
काठमाडौं। सोल्टि होटेलमा लगानीकर्ताको आकर्षण बढेको छ। होटेलको चार करोड ७९ लाख रुपैयाँको सेयर करोबार भएको छ। होटेलको पाँच सय ९० रुपैयाँसम्म सेयर कारोबार भएको छ। होटेलहरु नाफामा जान थालेको र लाभांश पनि बाढिरहेकाले खरिदकर्ताहरु आकर्षित भएका हुन। लाभांश खाइसकेका र नाफा कमाएकाहरुले भने सेयर बेचेको ब्रोकरहरुको भनाइ छ।  
 
करिब साढे छ प्रतिशतले नाफा बढेको सिटिजन्स बैंकको सेयर मूल्य १२ रुपैयाँले घटेको छ। नेप्से परिसूचकमा भने क्रमिक रुपमा सुधार देखियो। बजार बन्द हुँदा नेप्से परिसूचक करिब पाँच अंकले बढेको छ। बीमा , बैंकिङ र ‘अन्य’ समूहले नेप्सेलाई बढ्न सहयोग पुग्यो। 
 
बजार बन्द हुन १० मिनेट बाँकी हुँदा नेप्से आरालो लाग्ने क्रममा पनि देखिएको थियो। तर त्यही समय नेपाल टेलिकमको सेयर मूल्य बढेपछि परिसूचक बढ्न सहयेग पुगेको हो। बैंकिङ समूहको परिसूचकमा पनि सुधार देखियो र बजार बढ्यो ।  

Tata
GBIME
Nepal Life
यस दिन मूल्य बढ्नेमा लघुवित्त बिकास बैंक, बीमा कम्पनीहरु रहे । लक्ष्मी लघुवित्त, समिट माइक्रो, मिथिला लघुवित्त लगायतका धेरै मूल्य बढ्ने १० कम्पनीको सुचीमा रहेका छन। त्यस्तै, एलायन्स इन्स्योरेन्स, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स, एनलजी, प्राइम लाइफ लगायतको सेयर मूल्य बढेको छ । 
 
वाणिज्य बैंकहरुमा हिमालयन बैंक, प्राइम, एनआइसी एसिया, जनता, ग्लोबल आइएमइ लगायतको मूल्य बढ्यो। हिमालयन बैंकले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने भएपछि मूल्य ३.३२ प्रतिशतले बढेको हो। 

७१ कम्पनीको सेयर मूल्य बढेको छ। तर अहिले पनि मूल्य बढ्ने कम्पनीको मूल्यमा धेरै अन्तरले परिवर्तन भएको छैन। यस दिन कुल ३३ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भयो । ४२ कम्पनीको भने मूल्य घटेर सेयर कारोबार भयो। घट्नेको पनि धेरै अन्तरले मूल्यमा परिवर्तन भएको छैन।