आइएलएफसीओ माइक्रोफाइनान्स र राप्ति भेरीका आइपीओले पाए ग्रेड फोर रेटिङ, अाइपीओ जारी गर्ने तयारी

बिजमाण्डू
२०७१ कात्तिक १० गते ००:०० | Oct 27, 2014
काठमाडौं। आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था र राप्ति भेरी बिकास बैंकको आइपीओले ग्रेड फोर रेटिङ पाएका छ । नेपालको क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीहरुको आइपीओलाई यो रेटिङ संकेत दिएको हो। 
 
ग्रेड फोर रेटिङ औसतभन्दा कम हो । आइएलएफसीओ माइक्रोफाइनान्सले चार लाख कित्ता र पाँच लाख ५४ कित्ता सेयर निष्कासन गर्न लागेका हुन। 
 
 आइएलएफसीओ सञ्चालन अवधि छोटो रहेको, कम मुनाफा दर, केन्द्रिय कर्जा बिभाग नहुनुलाई कमजाेरीका रुपमा इक्राले उल्लेख गरेको छ । आइएलएफसी फाइनान्सको सबैभन्दा धेरै ८५ प्रतिशत सेयर स्वामित्व कम्पनीमा रहेको छ।

सेयर निष्कासन पछि यो ५१ प्रतिशतमा सिमित हुने छ। लघुवित्तहरुले बैंकहरुबाट सस्तो दरमा सापटी रकम प्राप्त गर्न सक्ने हुँदा यो पक्ष कम्पनीको लागि लाभदायी हुने, भौगोलिक विविधामा कार्यरत रहन, सदस्यहरु बढाउँदै जान र मुनाफा दर बढ्दै जानसके कम्पनीको अवस्था बलियाे हुने इक्राले उल्लेख छ । 

 
सन् २०१२ अप्रिलमा सञ्चालनमा आएको कम्पनीले गत चैत सम्ममा करिब पाँच करोड १४ लाख कर्जा प्रवाह गरेको छ। त्यस्तै, कम्पनीले संयुक्त दायित्व बहन गर्ने समूहको आधारमा कर्जा प्रवाह गर्दै आएको छ। यो प्रक्रियामा सामुहिक धितो लिएर पाँच जनाको समूहलाई व्यक्तिगत वा समूहगत आधारमा कर्जा दिइने गरिएको छ । कम्पनीको खुद व्याज मार्जिन ११ प्रतिशत छ । 
 

Tata
GBIME
Nepal Life
राप्ति भेरीको सञ्चालन अवधि छोटो रहेको, उच्च लागतको पूँजी  (१० प्रतिशत)हुँदा कमजोर प्रतिस्पर्धी क्षमता हुनु, औसत कुल सम्पतीको तुलनामा नाफा १.४४ प्रतिशत मात्र हुनु, नेटवर्थको तुलनामा नाफा ६.३८ प्रतिशत हुनु, आन्तरिक नियन्त्रण प्रणाली सशक्त नहुनु नकारात्मक पक्षको रुपमा लिइएको छ।

तर बैंकको संस्थापकहरु यस क्षेत्रको अनुभवी हुनु, सम्पतीको गुणस्तर राम्रो हुनु ( खुद खराब कर्जा १.४७ प्रतिशत मात्र हुनु), जोखिम भारित सम्पतीको तुलनामा पूँजी (२७ प्रतिशत) पर्याप्त हुनुलाई सकारात्मक पक्षको रुपमा लिइएको छ।