अझै फिचर फोन निर्माणमै छ नोकियाको ध्यान, केही सुविधा भने थपेर नयाँ सेट सार्वजनिक गर्‍याे

बिजमाण्डू
२०७१ कात्तिक ११ गते ००:०० | Oct 28, 2014
अझै फिचर फोन निर्माणमै छ नोकियाको ध्यान, केही सुविधा भने थपेर नयाँ सेट सार्वजनिक गर्‍याे

काठमाडौं। विभिन्न प्रतिस्पर्धि कम्पनीहरुले आधुनिक स्मार्टफोनहरु सार्वजनिक गरिरहेका बेला नोकियाले भने विभिन्न मोडलका फिचर फोन सार्वजनिक गरिरहेको छ। माइक्रोसफ्टसँगको सहकार्यपछि पनि नोकियाले फिचर फोनको उत्पादनमा नै जोड दिइरहेको छ।

कम्पनीले नोकिया १३० माेडलका फिचर फोन बनाइरहेको हो। नोकियाले बनाएका नयाँ फिचर फोनहरुमा विभिन्न सुविधाहरु भने थप गरेको छ। नोकियाले बनाएका नयाँ फोनहरुमा रंगिन डिस्प्लेको प्रयोग गरेकको छ। यस्तै नयाँ फोनहरुमा ब्याट्रिको टिकाउ समय पनि बढाइएको छ।

Tata
GBIME
Nepal Life

नोकियाले बनाएका नयाँ फोनमा डबल सिमको प्रयोग तथा एक पटक चार्ज गरेपछि झण्डै ४६ घण्टासम्म निरन्तर चल्नसक्ने क्षमता जडान गरिएको छ।
नोकियाले उत्पादन गरेका हरेक फिचर फोनमा अहिले फ्लासलाइट जडान गरिएको छ। यस्तै एफएम रेडियो तथा नयाँ सुविधाका रुपमा युएसबी चार्जिङ सेवा थप गरिएको छ।

नयाँ फिचर फोनहरुमा ६ हजार गीत स्टोर गर्न सकिने दावी कम्पनीको छ। यस्तै ३२ जिबीको एसडी कार्ड जडान गर्न सकिने पनि कम्पनीको भनाइ छ। यस्तै ब्लुतुथ कनेक्सनको ब्यवस्थासमेत गरेको छ। याे सेटको मुल्य एक हजार ६ सय ४९ भारु तोकिएको छ । नेपाली बजारमा यसको मुल्य दुई हजार सात सय रुपैयाँ भन्दा बढी हुनेछ ।

अरु कम्पनीले विभिन्न मोडलमा आधुनिक फिचरसहितका फोनहरु उपलब्ध गराइरहेको भएपनि नोकियाले भने सस्तो मूल्यमा यी फोन दिइरहेको हो। सस्तो फोनका प्रयोगकर्ता लक्षित गरेर माइक्राेसफ्टले नोकियाका यस्ता सेट बजारमा ल्याएको हाे ।