नेप्सेको बढ्ने प्रयास सफल भएन, ३० प्रतिशत लाभांशले तान्यो एनआइसी एसियाका लगानीकर्ता

बिजमाण्डू
२०७१ कात्तिक ११ गते ००:०० | Oct 28, 2014
नेप्सेको बढ्ने प्रयास सफल भएन, ३० प्रतिशत लाभांशले तान्यो एनआइसी एसियाका लगानीकर्ता
काठमाडौं। मंगलवार कारोबारको अन्त्यमा बढ्ने प्रयासमा देखिएको नेप्से परिसूचकमा सुधार हुन सकेन। बैंकिङ, बीमा, जलविद्युत् समूहको परिसूचक घटेपछि नेप्से ओरालो लागेको हो। नेप्सेको वेबसाइटमा समस्या आएपछि अन्तिम तथ्यांक भने प्रकाशित भएको छैन।

कारोबारको अन्त्यमा नेप्से परिसूचक तीव्र रुपम तल ओर्लियो। बजार बन्द हुँदा नेप्से परिसूचक १.९ अंकले घटेर ९३३ मा सिमित भएको छ। बैंकिङ समूहको परिसूचक ०.३३ अंक, जलविद्युत् समूह ३६.१६ अंक, बीमा समूह ५.५९ अंकले बढ्यो। होटेल समूहको परिसूचकमा भने सुधार देखियो। यो समूहको सुचक २७.८५ अंकले बढ्यो।

Tata
GBIME
Nepal Life
बुटवल पावर, चिलिमे जलविद्युत्, सानिमामाई, रिडी हाइड्रोपावरको सेयर मूल्य घटेको छ।  १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नै नगद लाभांशको प्रस्ताव गरेको एनआइसी एसिया बैंकको सेयर मूल्य २२ रुपैयाँले बढ्यो। बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको छ। बैंकको दुई करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भयो। 
 
लाभांश पाउन दुई दिन मात्र बाँकी रहदा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पनि लगानीकर्ता तानिएका छन। बैंकको एक करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भयो। बैंकले १० प्रतिशत बोनस र ४१.५ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको बुक क्लोज कात्तिक १४ गते रहेको छ। 

कारोबारमा आएका मध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्यो। त्यस्तै, ६५ कम्पनीको सेयर मूल्य घट्यो। माउन्ट मकालु बिकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निलगिरी बिकास बैंक, भार्गव बिकास बैंक लगायतको मूल्य बढेपछि बिकास बैंकको सुचक ०.६३ अंकले बढेको छ।

माउन्ट मकालु बिकास बैंकको सबैभन्दा धेरै नौं प्रतिशत बढिले मूल्य बढ्यो। यस दिन जलविद्युत् र बिकास बैंकको सुचकमा मात्र सुधार भएको छ। एक सय २६ कम्पनीको पाँच लाख कित्ता सेयर किनबेच भएकोमा २२ करोड रुपैयाँको सेयर कारोबार भयो।