एनआइसी एसियाको ३० प्रतिशत लाभांश घोषणा, १५% बोनस, चुक्तापूँजी दुई अर्ब ६५ करोड रुपैयाँ हुने

बिजमाण्डू
२०७१ कात्तिक ११ गते ००:०० | Oct 28, 2014
काठमाडौं। एनआइसी एसिया बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांशको घोषणा गरेको छ। बैंकले १५ प्रतिशत बोनस सेयर र १५ नगद लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गर्न बाँकी छ। 
बैंकको बोनस सेयर पारित भएमा चुक्तापूँजी दुई अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको दुई अर्ब ३१ करोड रुपैयाँ चुक्तापूँजी छ।बैंकले नेप्सेमा तीन बजेर ४५ मिनेट जाँदा सुचना दिएको उल्लेख भएपनि बजारमा भने यसअघिनै खबर फैलिएको देखिन्छ। तीन बजे नै बन्द हुने बजारमा मंगलवार बैंकको मूल्य २२ रुपैयाँले बढ्यो। बैंकको दुई करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भयो।

Tata
GBIME
Nepal Life

 बैंकले गत आवमा ८१ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।