वाणिज्यमन्त्री भन्छन्, लगानीको उपयुक्त वातावरण बन्यो, इटालीका लगानीकर्ता भित्र्याउन आग्रह

बिजमाण्डू
२०७१ कात्तिक ११ गते ००:०० | Oct 28, 2014

काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले नेपालमा अहिले विदेशी लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । शान्ति प्रक्रिया निश्कर्षमा पुगेको भन्दै मन्त्री थापाले लगानीको उपयुक्त अवसर सिर्जना भएको बताए ।

Tata
GBIME
Nepal Life

नेपाल चेम्वर अफ कमर्सले गरेको कार्यक्रममा मन्त्री थापाले हालै भारतसँग भएको विद्युत व्यापार सम्झौता तथा माथिल्लो कर्णलीको आयोजना विकास सम्झौताले नेपालमा लगानीको ढोका खुलेको बताए।

नेपाल सरकारले सन २०२२ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा रुपान्तरण गर्ने लक्ष्य लिएको भन्दै थापाले यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको आवश्यकता रहने बताए।
 
कार्यक्रममा इटालिका विदेश राज्यमन्त्री बेनेडेट्टो डेला बेडोबाले नेपाल भ्रमणका क्रममा आफूले  नेपालमा लगानीका वातावरण बन्दै गएकाले लगानी तथा व्यापारिक अवसरका बारेमा इटालीका लगानीकर्ताहरुलाई जानकारी गराई नेपालमा लगानी गर्न प्रेरित गर्ने बताए। उनले सन २०१५ मा इटालीको मिलानो मेला आयोजना हुन लागेकेा व्यापार मेलामा सहभागी भई फाइदा लिन नेपाली उद्यमी व्यवसायीहरुलाई अनुरोधसमेत गरे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा पर्यटन, जलश्रोत, पूर्वाधार निर्माण, सूचना प्रविधि, शिक्षा तथा स्वास्थय क्षेत्रहरुमा इटाली लगानीकर्ताहरुलाई संयुक्त रुपमा लगानी गर्न आग्रह गरे।

श्रेष्ठले नेपाली उत्पादनहरुको इटालियन बजारमा सहज तथा सरल रुपमा पहुँच हुन नसकेकाले निर्यातमा समस्या देखिएको भन्दै हस्तकलाका बस्तुहरुको इटालीमा माग रहेको जानकारी दिए।

कार्यक्रममा नेपालका लागि इटालिका राजदूत डानियल मानसिनीले नेपालमा विकिसित पछिल्लो घटनाक्रमहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह भएको भन्दै नेपाल र इटालीबीचको आर्थिक सम्बन्ध तथा व्यापार प्रवर्द्धनका लागि आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।